News Portal

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्रीमाथि एमालेको दबाब

हिमालीसंचार संवाददाता
५१७ पटक

काठमाडौँ। नेकपा एमाले व्यवसायी दुर्गा प्रसाईंप्रति आक्रामक बनेको छ। एमालेको केन्द्रीय सदस्य त्याग गरेर राजावादी अभियान थालेका प्रसाईंका गतिविधिमाथि नियन्त्रण गर्न प्रमुख प्रतिपक्षी दल एमालेले सरकारलाई दबाब दिन थालेको हो।

एमाले छाडेर ऋण नतिर्ने र राजतन्त्र पुनःस्थापना गर्ने अभियान थालेपछि प्रसाईं र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तिक्त सम्बन्ध रहँदै आएको छ।

पार्टीमा रहँदा आफूलाई ‘हजुर बुबा’ भनेर सम्बोधन गर्ने प्रसाईंका गतिविधिलाई भने रोक लगाउनुपर्ने माग अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेका हुन्।

शुक्रबार सिंहदरबारमा भएको भेटमा ओलीले दुर्गा प्रसाईंको गतिविधिले ‘परिवर्तन विरोधी तत्वलाई सहयोग गरेको’ भन्दै उनलाई नियन्त्रणमा लिन ओलीले माग गरेको बालुवाटार स्रोतले जानकारी दियो। ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उनका गतिविधि परिवर्तन विरोधी छन्। गणतन्त्रलाई चुनौती दिइरहेको छ। सरकार चुप लागेर बस्नु हुँदैन। यस्ता गतिविधि नियन्त्रण गर्न ध्यान दिनुहोस्।’

प्रसाईंका गतिविधि नियन्त्रणका लागि ओलीले गरेको आग्रहबारे प्रधानमन्त्री दाहालले आइतबार बिहान बालुवाटार पुगेका माओवादीका केही नेताहरुलाई जानकारी दिएका छन्।

पार्टी पदाधिकारीको अनौपचारिक बैठकपछि सीमित नेताहरुसँग दाहालले ओलीको दबाब जानकारी दिँदै भने, ‘प्रसाईंका गतिविधि नियन्त्रण गर्नुपर्‍यो भन्ने कुरा ओलीजीले गर्नुभएको छ।’

प्रसाईंलाई युवासंघले काठमाडौँमा कालोमासे दलेपछि प्रतिक्रियास्वरुप उनले झापामा आयोजित युवासंघको कार्यक्रममा पुगेका गाडी तोडफोड गरेका थिए। असोज २५ गते झापामा आयोजित युवासंघको कार्यक्रमा प्रसाईं समर्थकले २५ भन्दा बढी गाडी तोडफोड गरे। उक्त कार्यक्रममा एमाले नेता महेश बस्नेत पनि सहभागी थिए।

दसैँअघि प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको आरोप लगाएका छन्। प्रसाईंको उक्त आरोपपछि ओली उनीप्रति थप आक्रामक बनेका हुन्। प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन्।

माओवादी पृष्ठभूमिका प्रसाईं २०७५ मा एमाले र माओवादी एकतापछि बनेको नेकपाकालमा ओली–दाहाल दुवैका प्रिय थिए। उनले दुई नेतालाई सँगै राखेर खाना खुवाएपछि ‘मार्सी’ नामले चर्चित भएका थिए।
तस्बिर: देशसञ्चार।

प्रतिकृया दिनुहोस्

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...