News Portal

राष्ट्रिय सभा सांसदले योजना मिलाउने भन्दै पैसा असुलेको आरोप

राजन रावत
२५४ पटक

सिमकोट। योजना मिलाउने भन्दै राष्ट्रिय सभा सदस्य नरपति लुवारले एकजना हुम्लाका बासिन्दासँग पैसा असुलेको आरोप पिडितले लगाएका छन्। हुम्लाको अदानचुली गाउँपालिका–४ निवासी सुरेश बुमीबाट राष्ट्रिय सभाका सदस्य लुवारले सो पैसा असुलेको आरोप लुवारको रहेको छ।

बुमीका अनुसार गत फागुन ११ गते योजना मिलाई दिन्छु भन्दै सांसद लुवारले एभरेष्ट बैँकमा रहेको आफ्नो खातामा पैसा हाल्न लगाएका थिए। पिडित बुमिले सांसद लुवारको खातामा एक लाख असी हजार जम्मा गरेका गरेका थिए।

सात महिना बितिसक्दा पनि सांसद लुवारले उल्टै सम्पर्कविहीन भएपछि पिडीत बुमीले आफ्नो पिडा सार्वजनिक गरेका हुन्। पिडित बुमीले आफूले सांसदलाई बुझाउन ऋण लिएको र साहुले आफ्नो पैसा फिर्ता गर्न बारम्बार भनिरहेको र सांसद भने सम्पर्कविहिन भएका कारण आफूले पिडा सार्वजनिक गरेका बताएका छन्।

सांसद लुवारको खातामा हुम्लाकै अदानचुली–६ का मोहन बुढाबाट पनि एक लाख जम्मा भएको छ। यो रकम पनि योजना मिलाईदिने भन्दै सांसद लुवारले आफ्नो खातामा जम्मा गर्न लगाएका थिए। सांसद लुवार नेकपा एमाले कालिकोटबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्।

उनी गोला प्रथाद्धारा ६ वर्षको लागि निर्वाचित भएका थिए। उनीसँग सम्पर्क गर्न खोज्दा हुन सकेको छैन्। सांसद लुवारको मोवाईल नम्बर ९८५११०२९७३ मा सम्पर्क गर्न खोज्दा काट्ने गरिएको छ।

प्रतिकृया दिनुहोस्

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...