News Portal

राष्ट्रिय सभा सांसदले योजना मिलाउने भन्दै पैसा असुलेको आरोप

राजन रावत
३०१ पटक

सिमकोट। योजना मिलाउने भन्दै राष्ट्रिय सभा सदस्य नरपति लुवारले एकजना हुम्लाका बासिन्दासँग पैसा असुलेको आरोप पिडितले लगाएका छन्। हुम्लाको अदानचुली गाउँपालिका–४ निवासी सुरेश बुमीबाट राष्ट्रिय सभाका सदस्य लुवारले सो पैसा असुलेको आरोप लुवारको रहेको छ।

बुमीका अनुसार गत फागुन ११ गते योजना मिलाई दिन्छु भन्दै सांसद लुवारले एभरेष्ट बैँकमा रहेको आफ्नो खातामा पैसा हाल्न लगाएका थिए। पिडित बुमिले सांसद लुवारको खातामा एक लाख असी हजार जम्मा गरेका गरेका थिए।

सात महिना बितिसक्दा पनि सांसद लुवारले उल्टै सम्पर्कविहीन भएपछि पिडीत बुमीले आफ्नो पिडा सार्वजनिक गरेका हुन्। पिडित बुमीले आफूले सांसदलाई बुझाउन ऋण लिएको र साहुले आफ्नो पैसा फिर्ता गर्न बारम्बार भनिरहेको र सांसद भने सम्पर्कविहिन भएका कारण आफूले पिडा सार्वजनिक गरेका बताएका छन्।

सांसद लुवारको खातामा हुम्लाकै अदानचुली–६ का मोहन बुढाबाट पनि एक लाख जम्मा भएको छ। यो रकम पनि योजना मिलाईदिने भन्दै सांसद लुवारले आफ्नो खातामा जम्मा गर्न लगाएका थिए। सांसद लुवार नेकपा एमाले कालिकोटबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्।

उनी गोला प्रथाद्धारा ६ वर्षको लागि निर्वाचित भएका थिए। उनीसँग सम्पर्क गर्न खोज्दा हुन सकेको छैन्। सांसद लुवारको मोवाईल नम्बर ९८५११०२९७३ मा सम्पर्क गर्न खोज्दा काट्ने गरिएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...