News Portal

माओवादी केन्द्रको सचिवालय बैठकमा हिन्दु राष्ट्रको माग

हिमालीसंचार संवाददाता
२८९ पटक

काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रको उच्चतम तहमा हिन्दु राष्ट्रको एजेन्डाले प्रवेश पाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केपछि बोलाइएको माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकमा एकजना सहभागीले बहुसंख्यक नेपाली हिन्दु भएका कारण नेपाल हिन्दु राष्ट्र बन्नसक्नेबारे सोच्नुपर्ने बताएपछि नेताहरु तरंगित भएका थिए।

करिब दुई साताअघि आयोजित उक्त बैठकमा भ्रष्टाचार र सत्तारुढ राजनीतिका बारेमा गम्भीर छलफल भएको थियो। बैठकमा नेताहरु बर्षामान पुन र जनार्दन शर्माले पार्टीका ठूला नेता भ्रष्टाचारमा मुछिएको, पार्टीको बदनाम भएको र यसबारे गम्भीर छानबिन गर्नुपर्ने बताएका थिए।

उनीहरुले भ्रष्टाचारका विषयमा गम्भीर छानबिन गरेर पार्टीको साख फिर्ता गर्नुपर्ने बैठकका क्रममा बताएका थिए। बैठककी अर्की सहभागी पम्फा भुसालले यी बिषयभन्दा फरक विषयमा आफ्ना मत राख्दै नेपाल हिन्दु राष्ट्र बन्नसक्ने धारणा राखेकी थिइन्।

उनले धरान, मलंगवा र नेपालगञ्जमा साम्प्रदायिक भड्काव आएकोतर्फ देखाउँदै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नेबारे अगाडि बढ्न सुझाव दिएकी थिइन्। नेतृ भुसालको सुझावपछि नेताहरुले यसबारे आफ्ना धारणा राखेका थिए।

बैठक तरंगित भएपनि अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल भने यसबारे चुपै लागेका थिए। समसामयिक विषयमा छलफल गर्न बोलाइएको बैठकमा आकस्मिक रुपमा हिन्दु राष्ट्रको एजेन्डाले प्रवेश पाएपछि बैठकको माइन्युटिङ पनि नभएको एक सहभागी नेताले जानकारी दिए।

नेतृ भुसालले नेपाललाई हिन्दु राष्ट्र बनाउन र त्यसो गर्न नसकिए यसबारे जनमत संग्रहमा जानसमेत नेतृत्वलाई सुझाव दिएकी थिइन्।

करिब दुई सातासम्म संयुक्त राष्ट्र महासभा र चीनको भ्रमणमा प्रधानमन्त्री तथा अध्यक्ष दाहाल भएका कारण थाँती रहेका विषयमा छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाइएपछि विषयबस्तु अन्यत्र नै मोडिएपछि माइन्युटिङ नै नभएको एक नेताले देशसञ्चारलाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...