News Portal

माओवादी केन्द्रको सचिवालय बैठकमा हिन्दु राष्ट्रको माग

हिमालीसंचार संवाददाता
३२७ पटक

काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रको उच्चतम तहमा हिन्दु राष्ट्रको एजेन्डाले प्रवेश पाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केपछि बोलाइएको माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकमा एकजना सहभागीले बहुसंख्यक नेपाली हिन्दु भएका कारण नेपाल हिन्दु राष्ट्र बन्नसक्नेबारे सोच्नुपर्ने बताएपछि नेताहरु तरंगित भएका थिए।

करिब दुई साताअघि आयोजित उक्त बैठकमा भ्रष्टाचार र सत्तारुढ राजनीतिका बारेमा गम्भीर छलफल भएको थियो। बैठकमा नेताहरु बर्षामान पुन र जनार्दन शर्माले पार्टीका ठूला नेता भ्रष्टाचारमा मुछिएको, पार्टीको बदनाम भएको र यसबारे गम्भीर छानबिन गर्नुपर्ने बताएका थिए।

उनीहरुले भ्रष्टाचारका विषयमा गम्भीर छानबिन गरेर पार्टीको साख फिर्ता गर्नुपर्ने बैठकका क्रममा बताएका थिए। बैठककी अर्की सहभागी पम्फा भुसालले यी बिषयभन्दा फरक विषयमा आफ्ना मत राख्दै नेपाल हिन्दु राष्ट्र बन्नसक्ने धारणा राखेकी थिइन्।

उनले धरान, मलंगवा र नेपालगञ्जमा साम्प्रदायिक भड्काव आएकोतर्फ देखाउँदै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नेबारे अगाडि बढ्न सुझाव दिएकी थिइन्। नेतृ भुसालको सुझावपछि नेताहरुले यसबारे आफ्ना धारणा राखेका थिए।

बैठक तरंगित भएपनि अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल भने यसबारे चुपै लागेका थिए। समसामयिक विषयमा छलफल गर्न बोलाइएको बैठकमा आकस्मिक रुपमा हिन्दु राष्ट्रको एजेन्डाले प्रवेश पाएपछि बैठकको माइन्युटिङ पनि नभएको एक सहभागी नेताले जानकारी दिए।

नेतृ भुसालले नेपाललाई हिन्दु राष्ट्र बनाउन र त्यसो गर्न नसकिए यसबारे जनमत संग्रहमा जानसमेत नेतृत्वलाई सुझाव दिएकी थिइन्।

करिब दुई सातासम्म संयुक्त राष्ट्र महासभा र चीनको भ्रमणमा प्रधानमन्त्री तथा अध्यक्ष दाहाल भएका कारण थाँती रहेका विषयमा छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाइएपछि विषयबस्तु अन्यत्र नै मोडिएपछि माइन्युटिङ नै नभएको एक नेताले देशसञ्चारलाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...