News Portal

पृथ्वीनारायण शाहको भूमिकालाई कसैले अस्वीकार गर्न सक्दैन : जनार्दन शर्मा

हिमालीसंचार संवाददाता
२५५ पटक

काठमाडौँ। माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले नेपाल एकीकरणमा राजा पृथ्वीनारायण शाहको भूमिका महान् रहेको बताएका छन्। शाहको भूमिकालाई कुनै नेपालीले पनि अस्वीकार गर्न नसक्ने उनले बताएका हुन्।

‘पृथ्वीनारायण शाह, जसले नेपालको एकीकरणमा भूमिका सबैभन्दा महत्त्वपूर्ण रहेको छ। उनको भूमिका कुनै नेपालीले पनि अस्वीकार गर्न सक्दैन सबैले उहाँको सम्मान गर्नेछन्। पृथ्वीनारायण जस्ता राजा अन्य भएको भए। विसे नगर्चीलाई गुरु मान्ने राजा अन्य भइदिएको भए सायद राजतन्त्रले निरन्तरता पाउन सक्थ्यो’, उनले भने।

यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै नेपालीको समान हक रहेको उनले बताए। सबै नेपालीको बराबर हक लाग्ने भएकाले कसैको विशेषाधिकार नचल्ने जिकिर गरे। यसमा कुनै नेता, प्रधानमन्त्री वा राष्ट्रपतिको विशेषाधिकार रहेको बताए आफूलाई मान्य नहुने उनले बताए।

‘लोकतन्त्रमा विशेषाधिकार कसैको छैन। कसैले त्यस्तो बताए हामीलाई मान्य छैन’, उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र सबै नेपालको बराबर हक लग्छ।’ सामाजिक न्याय, सुशासन र समृद्धिसहितको समाज निर्माणका लागि माओवादी निरन्तर अभियानमा लाग्ने उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...