News Portal

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

हरि अधिकारी
३७५ पटक

विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका सदस्यीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेस गरेका थिए। कांंग्रेस प्रदेशसभा सदस्य कार्कीले कांग्रेसका ८ प्रदेशसभा सदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका थिए भने आङ्बोले कांग्रेससहित चार दलका संसदीय दल नेताको समर्थन लिएका थिए।

दुवैले ४७ प्रदेशसभा सदस्यको समर्थन भएको दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले हस्ताक्षर सनाखत गर्ने निर्णय गरे। प्रदेश प्रमुखको कार्यालयले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर सनाखत गर्न भनेको थियो।

कार्कीको पक्षमा हस्ताक्षर गरेका ४७ जनाले नै उपस्थित भएर सनाखत गरे। लगतै प्रदेश प्रमुख पापुङले संविधानको धारा १६८(५) अनुसार प्रदेश सांसद कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरे।

सनाखतपछि प्रदेश प्रमुखले भने, ‘माननीय केदार कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको छ। अहिले घोषणा गर्दछु कि माननीय केदार कार्कीको पक्षमा ४७ सदस्यको हस्ताक्षर भएकाले उहाँलाई मुख्यमन्त्री भएको घोषणा गर्दछु।’

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...