News Portal

नेपाली कांग्रेसलाई अन्य पार्टीकरण हुन दिन्नौं: गगन थापा

हिमालीसंचार संवाददाता
३१० पटक

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसलाई विशेष गरेर माओवादी र एमालेकरण हुन नदिइने बताएका छन्।

शुक्रबार नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले कांग्रेसलाई कांग्रेसजस्तै बनाइने बताएका हुन् । कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै थापाले कांग्रेसलाई एमाले वा माओवादीकरण हुन नदिइने बताएका हुन्।

कोशीमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका इन्द्र आङ्बोले र कांग्रेसबाट नेता शेखर कोइरालानिकट केदार कार्कीले एमालेसहितको समर्थनमा मुख्यमन्त्रीमा बिहीबार दाबी पेश गरेका थिए। महामन्त्री थापाले कांग्रेसलाई विगतको जस्तो बलियो बनाइने बताएका छन्।

‘कांग्रेस पार्टीलाई माओवादी र एमालेकरण हुन नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो,’ महामन्त्री थापाले भने, ‘कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, यसको छवि उज्यालो बनाउँदै नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौं।’ उनको भनाई थियो। महामन्त्री थापाले आफूलाई केन्द्रमा राखेर राजनीति नगरिएको पनि बताएका थिए।

‘कांग्रेसको महामन्त्री हुने कुरा नै मजस्तो सामान्य परिवारमा जन्मेको मानिसका लागि ठूलो सम्मान हो,’ थापाले भने, ‘साथीहरू भन्नुहुन्छ- यसभन्दा माथि पार्टीको जिम्मेवारी के हुने? त्यो कुरा छाडिदिनुस्। सबै गौण कुरा हुन्।’

उनले २०८२ सालमा हुने पार्टीको १५औं महाधिवेशनसम्म कांग्रेसलाई कांग्रेसजस्तै बनाइने बताए। आफूमाथि कहिलेकाहीँ पार्टीभित्रै घेराबन्दी हुने गरेको उनले बताए। ‘घेराबन्दीमा परे पनि केही हुन्न,’ उनले भने, ‘केन्द्रीय समिति बैठकमा एक्लै परिन्छ कहिलेकाहीँ। आफ्नै साथीले पनि साथ छोड्छन्, तर केही छैन पार्टीलाई विधिसम्मत चलाउने हो।’ उनले अबको चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने उनको धारणा रहेको थियो। 

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...