News Portal

कोशी प्रदेशको मुख्यमन्त्री इन्द्र आङ्बोलाई बनाउने गठबन्धनको सहमति

हिमालीसंचार संवाददाता
२९४ पटक

रविन्द्र बराल/विराटनगर – कोशी प्रदेशले पुन: अर्को मुख्य मन्त्री पाउने भएको छ। प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रबाट हुने उच्च स्रोतले बताएको छ ।

काठमण्डौमा भएको गठबन्धनको छलफलमा प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएको उच्च श्रोतले बताएका छन् । 

नेपाली कांग्रेस र एकीकृत समाजवादीको नेतृत्वले दाबी छोडेपछि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका इन्द्र आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन् ।

संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि आगामी शुक्रबार साँझ ५ बजेसम्म समयवधी दिइएको छ । संविधानको उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउने दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...