News Portal

कोशी प्रदेशको मुख्यमन्त्री इन्द्र आङ्बोलाई बनाउने गठबन्धनको सहमति

हिमालीसंचार संवाददाता
३३९ पटक

रविन्द्र बराल/विराटनगर – कोशी प्रदेशले पुन: अर्को मुख्य मन्त्री पाउने भएको छ। प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रबाट हुने उच्च स्रोतले बताएको छ ।

काठमण्डौमा भएको गठबन्धनको छलफलमा प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएको उच्च श्रोतले बताएका छन् । 

नेपाली कांग्रेस र एकीकृत समाजवादीको नेतृत्वले दाबी छोडेपछि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका इन्द्र आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन् ।

संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि आगामी शुक्रबार साँझ ५ बजेसम्म समयवधी दिइएको छ । संविधानको उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउने दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...