News Portal

  • वैज्ञानिक समाजवाद निर्माण अभियानले ताम्सासालिङ नेवा प्रदेश कमिटी गठन​ गर्यो

    हिमालीसंचार संवाददाता/आशकुमार राई
    ४४१ पटक

    काठमाडौं – वैज्ञानिक समाजवाद निर्माण अभियानको ताम्सालिङ नेवा प्रदेश कमिटी गठन गरिएको छ​।

    यहिँ असोज २० गते वैज्ञानिक समाजवाद निर्माण अभियान ताम्सालिङ नेवा प्रदेशका ईन्चार्ज फलमसिंह तामाङ​,”हेम” सह-ईन्चार्ज राजकुमार तामाङ र वैज्ञानिक समाजवाद निर्माण अभियानका केन्द्रिय संयोजक रमेश सुनुवारको विशेष उपस्थितिमा दावा तामाङको नेतृत्वमा १६ सदस्य ताम्सालिङ नेवा प्रदेश कमिटी गठन गरेका हुन्। 

    काठमाडौंको मध्य बानेश्वरमा भ​एको उक्त ताम्सालिङ नेवा प्रदेश कमिटिको भेलाले  दावा तामाङ -अध्यक्ष, राजकुमार माझि- उपाध्यक्ष, केबि तामाङ​- सचिव, अक्कल तामाङ-सह​-सचिव, मिना तामाङ – कोषाध्यक्ष र सदस्यहरुमा सबिन श्रेष्ठ, ललित सुनुवार, कान्छाराम तामाङ, सन्जिब तामाङ, सुर्य बहादुर तामाङ, अर्जुन तामाङ, पदम तामङ र सुरज सुनुवारलाई सदस्यको जिम्मेवारि तोकेको छ​। 

    एकात्मक राज्यब्याबस्थाको पुरानो बिभेदकारी राजनीतिक मुल्यहरुलाई भत्काउँदै नयाँ सामाजिक ब्यावस्थाको निम्ति सबै उत्पिडीत वर्ग र समुदायहरुले आफ्नो राजनीतिक​, साँस्कृतिक तथा पहिचानको निम्ति चसेतताको साथ सबै उत्पिडीत पक्षहरु एकताबद्ध हुँदै हस्तक्षेपकारी राजनीतिक लडाई गर्नु पर्ने समय आएको कुरा भेलाको प्रमुख अतिथि तथा अभियानका संयोजक रमेश सुनुवारले बताए। 

    उक्त भेलामा केन्द्रिय सदस्य राजकुमार श्रेष्ठ र भाई किरातीले पहिचान र समाजबादको बारेमा सबै पहिचान पक्षधरहरुसंग अरु घनिघुत छलफल चलाउँदै बलियो राजनीतिक शक्ति निर्माण गरेर आन्दोलनलाई नयाँ उचाईमा उठाउनु पर्ने धारणा राखेका थिए।  वैज्ञानिक समाजवाद निर्माण अभियान अहिले देशभक्त समाजवादी मोर्चामा आबद्ध रहेको छ। ​

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मदिनमा निर्मल निवासमा शुभेच्छुकहरूको भिड

    काठमाडौं, असार २३ — पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७९ औं जन्मदिन पारिवारिक वातावरणमा शुभेच्छुकहरूको...

    भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

    भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार...

    आज २०८२ साल असार २३ गतेको राशिफल

    आज असार २३, २०८२ (जुलाई ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...