News Portal

एनआरएनए केन्द्रिय अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले चुनाव जिते १० करोडको राहत काेष स्थापना गर्ने

हिमालीसंचार संवाददाता
४३० पटक

कुवेत – एनआरएनए केन्द्रिय अध्यक्षका प्रत्यासी महेश कुमार श्रेष्ठ चुनावी माहोल तय गर्न कुवेत आएकाछ्न। कुवेतस्थित एनसीसीले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा आफ्नो उम्मेद्बारी केका लागि भन्ने बिषयमा बोल्दै प्रबासी श्रमिकको हकहितको लागि सरकारसङ समन्वय गरि निति बनाउन मुख्य भुमिका खेल्ने बताउदै एनसीसी कुवेतले स्थापना गरेको राहत कोषका लागि पाँच लाख दिने र अध्यक्षमा आफु निर्बाचित भए १० करोडको राहत कोष स्थापना गर्ने जानकारी गराए।

साथै श्रेष्ठले उक्त रकम बिशेश रूपमा प्रबासी श्रमिकहरुको उद्दार र हितका लागि प्रयोग गरिने प्रष्ट पारे। स्मार्ट एनआरएन आजको आवश्यकता भन्दै आफु नेतृत्वको लागि कुनै पनि सम्झौता नगर्ने बक्ताहरुको जिज्ञासा्मा जानकारी गराएका थिए।

विभिन्न मुलुक दौउडाका क्रममा अध्यक्षका प्रत्यासी श्रेष्ठ संगै सचिवका प्रत्यासी कृष्ण जिबि पन्त र अभियान्ता सन्तोष जोसी संगै कुवेत आएका हुन। उक्त कार्यक्रममा एनआरएनएका अध्यक्ष रनध्वज लामाको अध्यक्षता, बरिस्ठ उपाध्यक्ष दिल कुमार पाख्रीनको स्वागत र महासचिव मनिस केसी र संरक्षक सुजन केसीले संयुक्त रूपमा संचालन गरेका थिए।

कार्यक्रममा एनआरएनए कुवेतका महिला उपाध्यक्ष रमिता तामाङ, बरिस् उपाध्यक्ष होमनाथ गिरी, संरक्षक राजेन्द्र तामाङ, आदिवासी जनजाति महासंघका प्रतिनिधि भुमिराज राई, प्रबासी नेपाली एकता मंचका अध्यक्ष युवराज गैरे, प्रबासी नेपाली मन्चका अध्यक्ष राजु थापा, जनसम्पर्क समिति कुवेतका महामन्त्री केशर घलान, पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थीलगायतले कुवेतमा श्रमिकहरु समस्या समाधान गर्न दोहोरो श्रम सम्झौताको पहल गर्न आग्रह गर्दै पछिल्लो पटक दूतावासले खेलेको भुमिका खरो रूपमा उठाएका थिए।

बक्ताहरुले राकेका जिज्ञासा्का प्रमुख अथिति श्रेष्ठले जवाफ दिएका थिए भने कृष्णजिबि पन्त र सन्तोष जोशीले अध्यक्षका प्रत्यासी श्रेष्ठलाई समर्थन जनाउनुको कारण प्रष्ट पारेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...