News Portal

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाह विजयी

अप्सरा विष्ट
३५४ पटक

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशन सम्पन्न भएको छ। मतगणना सकिएसँगै नयाँ नेतृत्व चयन गरेर अधिवेशन सम्पन्न भएको हो। मतदानमा जम्मा मत ६०४ खसेकोमा ५८० मत सदर भएको थियो भने २४ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।

प्रथम अधिवेशनमा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षमा सल्यानका गुलाबजंग शाह निर्वाचित भएका छन्। उनले ३६९ मत ल्याउँदै विजय हासिल गरे। अध्यक्षका निकटतम प्रतिस्पर्धी कालीकाेटका मीन बहादुर शाही र प्रकाश राेकायलाई हराउँदै उनी निर्वाचित भए। शाहीले २०७ मत ल्याए भने रोकायले ४ मत प्राप्त गरे।

त्यस्तै, उपाध्यक्षमा टेकराज पछाईले २४२ मतसहित निर्वाचित बने भने लाल बहादुर महताराले १७६ मत ल्याउँदा दानसिंह परिवार ५९ मतमा सीमित भए।

त्यस्तै, सचिवमा ध्रुव बहादुर शाही ४०६ मतले विजयी हुँदा रूद्र बहादुर शाहीले १६९ मत ल्याएका छन्। त्यसैगरी, उपसचिवमा रवीन्द्रराज शर्माले ३०० मतले विजेता बन्न सफल भए भने रमेश वहादुर शाहीले २६६ मत ल्याए। त्यस्तै, पद्मा खड्का १५१ र मेनका पछाईले ९६ मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...