News Portal

एमाले कोशी प्रदेशमा रातभरि मतदान, मत गणना आज १ बजेपछि हुने

हिमालीसंचार संवाददाता
२५१ पटक

रविन्द्र बराल/विराटनगर – नेकपा एमाले कोशी अधिवेशनमा नयाँ नेतृत्वका लागि ९ सय ७७ मतदान गरेका छन्। आइतबार रातभर चलेको मतदानमा ९९७ मध्ये ९७७ जनाले मतदान गरेको निर्वाचन समिति सयोजक  चुडामणि आचार्यले बताए।

आइतबार राति १० बजेदेखि सुरू भएको मतदान सोमबार विहान ५ बजे सकिएको थियो। आज दिउँसो १ बजेदेखि गणनाको तयारी गरिएको छ समेत संयोजक आचार्यले जानकारी दिए। 

निर्धारित समयभन्दा झन्डै ११ घण्टा ढिलो शुरु भएको उक्त कार्यक्रम नेकपा एमाले कोशी प्रदेश अधिवेशनको लागि मतदान सुरू भएको थियो। ५ सय जना पदाधिकारीसहित २१५ सदस्यीय समितिमा त्यस्तै, ४ सय ५० जना उम्मेद्वारले प्रतिस्पर्धा गरेका छन।

कोशी प्रदेश अध्यक्षका लागि मोरङका घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा रहेका छन्। उपाध्यक्षमा भने टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन्। त्यस्तै, सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा गरेका छन् ।

त्यस्तै, उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान  राई प्रतिस्पर्धा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...