News Portal

  • प्रवासी नेपाली एकता मञ्च कुवेतको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः युवराज गैरे

    हिमालीसंचार संवाददाता
    २०६ पटक

    कुवेत सिटी, कुवेत। “राष्ट्रिय एकता आजको आवस्यकता, अनेकतामा एकता प्रवाशी नेपालीहरुको प्रतिवद्धता” भन्ने मूल नाराका साथ नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भातृ संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको तेस्रो अधिवेशन जिलिबको रिदामहलमा केन्द्रबाट आउनु भएका केन्द्रीय परिषद सदस्य मधुकर रिजालको प्रमुख आतिथ्यता र प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय समिती सदस्य मोहमद मुक्तदा तथा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामाको विशेष आतिथ्यतामा सम्पन्न भएको छ।

    कुवेतमा कृयाशिल संघ-संस्थाका पदाधिकारीहरूको आतिथ्यता रहेको कार्यक्रमलाई समाजका उपाध्यक्ष मनविर लामा र टीका पौडेलले संयुक्तरुपमा सञ्चालन गरेका थिए भने, अतिथिहरुलाई मन्तब्यद्वारा स्वागत समाजका उपाध्यक्ष मनविर लामा गरेका थिए।

    दिउँसो १:३० बजे देखि शुरु गरिएको कार्यक्रममा अतिथीहरुको आशसन ग्रहणपछि अतिथीहरुबाट दिप प्रज्वलन गरी राष्ट्रियगानबाट बजाइएको थियो, त्यसपछि ज्ञात-अज्ञात सहिदहरुप्रति एक मिनेट मौन धारण गरेको थियो।

    कार्यक्रममा प्रमुख अथिति मधुकर रिजाल, विशेष अथिति मोहमद मुक्तदा, एनआरएनए कुवेतका अध्यक्ष रानाध्वजसहित विभिन्न राजनिति दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधी, पत्रकारलगायतले आफ्नो मन्तव्य राखेका थिए।

    कार्यक्रमको प्रमुख अतिथि विशिष्ट अतिथिले प्रवाशसँग सम्बन्धित राजनैतिक गतिविधी र नेकपा (एकीकृत समाजवादी) पार्टीको राजनैतिक लक्ष र उदेश्यको बारेमा प्रष्ट पार्नु भएको थियो। नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भातृ संगठन प्रवासी नेपाली कामदारको हक र हितको लागि केन्द्रमा दबाव दिने वचन बद्धताको साथै शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।

    कार्यक्रम अधिवेशनमा कुवेतस्थित नेपाली राजदुतावासबाट कुनै प्रतिनिधिको उपस्थिति नरहेको हुँदा कार्यक्रममा प्रमुख अतिथिलगायतले आफुहरुको कार्यक्रममा राजदुतावासको उपस्थिति नरहेको भन्दै दु:ख पोखेका थिए। मञ्चको हिजो शुक्रबार सम्पन्न तेस्रो राष्ट्रिय अधिबेशनले अध्यक्षमा पुन: युवराज गैरेसहित ३३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

    त्यसपछि प्रवासी नेपाली एकता मञ्च कुवेतका नवगठित प्रतिनिधीहरुलाई प्रमुख अतिथी मधुकर रिजाल र विशेष अथिति मोहमद मुक्तदाले सर्वसहमतीमा नवगठित कार्यसमिती तथा सल्लाहकारहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने, अन्तमा नवनिर्वाचित प्रतिनिधीहरुलाई प्रमुख अतिथी मधुकर रिजालले सपथ ग्रहण गराउनु भएको थियो।

    नयाँ कार्यसमिती यस्तो रहेको छ:-

    अध्यक्ष – युवाराज गैरे
    प्रथम उपाध्यक्ष – देवसम्सेर घिसिङ
    उपाध्यक्ष – टीका पौडेल
    उपाध्यक्ष – बिना सापकोटा
    उपाध्यक्ष – धनेस्वर यादब
    उपाध्यक्ष – असोक शाह
    महासचिव – इन्द्रदेव शर्मा
    उपमहासचिव – उमलाल भण्डारी
    सचिब – वसन्त पोखरेल
    सचिब – रेनुका पुरी
    उप सचिब – नसिब राउत कवारी
    उप सचिब – पुर्ण लम्साल
    कोषाध्यक्ष – तनबिर आलम मिकरानी

    सदस्यहरु
    एम डि अब्जल
    खिम बिक
    मोहम्मद अख्तर
    प्रदिप परियार
    नागेन्द्र महत्तो
    कमला थामी
    लक्ष्मी तामाङ
    धन बि सि
    शिव भण्डारी
    महेश भुसाल
    चन्दन दास
    नारायण बन्जादे
    अरुण चौधरी
    सुशील चौधरी
    भिम बहादुर खत्री
    राजकुमार परियार
    केशव बहादुर सारु

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १६ गतेको राशिफल

    आज असार १६, २०८२ (जुन ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए एनसीसीहरू फुटाउन हरेक हत्कण्डा प्रयोग गर्दै बद्री–हेमराज समूह

    काठमाडौँ, असार १५ – अवैधानिक रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय कब्जा...

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय

    काठमाडौं, असार १५ – नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय...

    युरोप, अमेरिका र मध्यपूर्वका अधिकांश एनसीसीले बद्री केसी नियन्त्रित एमआईएस अस्वीकार

    काठमाडौं, असार १५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अनलाइन सदस्यता प्रणाली (एमआईएस) लाई युरोप,...

    प्रमिलाको निशुल्क रुपमा उपचार गराइयो

    मोरङ, असार १५ – कानेपोखरी–२ दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी २ वर्षीया...