News Portal

नेपाली कांग्रेस टोखा नगर पालिका ३ को प्रथम वडा सम्मेलन सम्पन्न

 कर्ण बहादुर अधिकारी
३१० पटक

काठमाण्डौ – नेपाली कांग्रेसको बिधान संशोधनको क्रममा स्थानीय निकायहरूमा नेपाली कांग्रेसको भातृ संस्था देखि लिएर तल्लो तहमा रहेका समितिहरूलाई सक्रिय बनाउनका लागि माहानगर , नगर एवं पालिकाहरूले प्रत्येक बर्षमा सम्मेलन गर्नु पर्ने भनेर जनाए संगै यी सम्पूर्ण तहका वडाहरूले भटाभट वडा सम्मेलन गर्दैछन्।

त्यसै मध्ये टोखा नगर पालिका वडा नं ३ ले पनि भर्खरै अर्थात आश्विन ६ गते शनिवारका दिन नेपाली कांग्रेसका नेता एवं काठमाण्डौं क्षेत्र नं ५ का माननीय प्रदिप पौडेलको प्रमुख आतिथ्यमा बिशेष अतिथिहरू काठमाण्डौ जिल्ला सभापति सबुज कृष्ण बानिया,प्रदेश संसद एवं नेपाली कांग्रेस काठमाण्डौं क्षेत्र नं ५ का क्षेत्रिय सभापति श्याम खड्का,अतिथिहरू नेपाली कांग्रेस काठमाण्डौं क्षेत्र नं ५ प्रदेश ख का सभापति राजु खड्का नेपाली कांग्रेस टोखा नगर सभापति ओम कृष्ण बिमली, टोखा नगर पालिका का महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधिहरू,महिला संघका प्रतिनिधिहरू, नेबि संघका प्रतिनिधिहरू साथै टोखा नगर पालिका वडा नं ३ का कार्य समितिका सम्पूर्ण पदाधिकारीहरू,कृयाशील सदस्यहरू र नेपाली कांग्रेस प्रति आस्था राख्ने वडा नं ३ का कांग्रेसी दाजुभाई तथा दिदी बहिनीहरूको गरीमामयी उपस्थितिमा बिएल भ्व छे पार्टी प्यालेसमा भब्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली कांग्रेसको बर्तमान अबस्था र आउने दिनमा स्थानीय तहमा कसरी सक्रिय हुने भन्ने बिषयमा बहस समेत भएको थियो ।

नेपाली कांग्रेस भित्रको गुटबन्दीकै कारण स्थानीय तहमा हार समेत ब्यहोर्न परेको कुरा सबै सामु प्रष्टै छ। टोखा नगर पालिकामा कांग्रेसीकै कारणले हार्यौ पनि । यस्तै बिबिध कुराहरूलाई स्मरण गर्दै मुख्य त वडामा रहेका वडा समितिले नेपाली कांग्रेसको स्थानीय बार्षिक क्यालेण्डर बनाउने र त्यहि क्यालेण्डर अनरूप कार्य गर्ने भनेर निर्णय गरीएको छ ।

वडाका वडा समिति,तरूण दल, टोल समिति , महिला समुह तथा आमा समुहहरू संग कांग्रेसका प्रतिनिधिहरूले समन्वय गरी रहने र वडाका बिकास निर्माणका कामहरूमा समेत वडा बाट चुनाव जितेका प्रतिनिधिहरूले सहकार्य गरी अगाडी बढ्ने कुराको निर्णय समेत भएको छ। त्यसै गरी धर्म र समस्कृतिलाई जगेर्ना गर्नका लागि सांस्कृतिक चाड पर्वहरूमा नेपाली कांग्रेसका स्थानीय निकायहरूले सहकार्य गर्ने। टोखा नगर पालिका वडा नं ३ १४ औं महाधिवेशनमा ३२३ जना कृयाशील भरेको थियो भने आउँदा दिनमा अझै पार्टीको स्थानीय प्रदेश र संघको चुनावमा सक्रिय भएर लागेका कांग्रेसीहरूको काम हेरेर कृयाशील बितरण गर्ने भनी निर्णय गरीएको छ ।

कार्यक्रममा प्रदिप पौडेल,सबुज बानियाँ  लगायतका नेता गणहरूले कार्यक्रम सफलताको शुभकामना दिदै आउने दिनहरूमा कांग्रेसको संगठन मजबुद बनाउन खेल्नु पर्ने भूमिकामा कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरेका छन् । जग र जरा बलियो भयो भने मात्र घर र रूख बलियो हुने कुराको मनन सबैले गर्नु पर्छ भनेर अभिब्यक्ति समेत दिएका थिए ।

कार्यक्रमको सभापतित्व वडा नं ३ का सभापति अष्ठ कुमार श्रेष्ठले गर्नु भएको थियो । श्रेष्ठले बोल्ने क्रममा आफ्नो वडामा कांग्रेस मजबुद बनाउनका लागि अहोरात्र खटिने प्रतिबद्धता समेत जाहेर गरे। कार्यक्रम संचालन ३ नं वडाका नेपाली कांग्रेसका सचिव बिष्णु पोख्रेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

इलाम यातायात कार्यालयमा अनियमितता: परीक्षण विना सवारी जाँचपास, मोटो रकम असुलीको आरोप

काठमाडौँ-देशभरका सरकारी कार्यालयमा सुधार ल्याउने प्रयास भइरहेका बेला इलामस्थित यातायात व्यवस्था सेवा कार्यालयमा भने गम्भीर...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...