News Portal

तिहारका लागि कुमालेहरु दियो घैला बनाउन ब्यस्त

हिमाली संचार संवाददाता
९३८ पटक

रबिन्द्र बराल : हिन्दु धर्मावालाम्वीहरुको महान चाड भर्खर बिजया दशमी सकिएको छ । अर्को ठुलो दोस्रो चाड दिपावली नजिकिंदै छ। तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको आराधना हुने गर्छ भने त्यस दिन माटाको दियाे शुद्ध हुने भएकाले बत्ती बाल्ने चलन समेत रहेको छ । अहिले माेरङकाे सुनवर्सि नगरपालिका ९ स्थित कदमगाछि घर भएका २४ घर परिवारका पंन्डित समुदायका कुमालेहरु हस्तकलाका सामाग्री बनाउन ब्यस्त हुन थालेका छन । उनीहरुले चिम्टाईलाे माटोबाट दियाे, घैला, काेसीया, कुहा, मटकुरी, खुत्रुकेे, हात्ती, ढकना, दलिया लगायतका समाग्रीहरु बनाउन थालेका हुन ।

५ बर्ष अगाडि यहि पेसाबाट अाफुहरुलाई मनग्ये अाम्दानी हुने गरेकाे तर अहिले बजारमा विभिन्न किसिमका झिलिमिली इलाेट्राेनिक सामान बजारमा अाएपछि अाफुहरुकाे राेजिराेटि नै गुम्न थालेकाेे र मेहनत अनुसार अाफुहरु लाई थाेरै मात्रै फाईदा हुने गरेको सुरेन पंन्डित बताए । उनले भने पुर्खेउली पेशा भएको हुनाले अाफुहरुले यस लाई जगेर्ना गरेकाे र माटोको काम गर्दे धेरै मेहनत र खर्चिलाे हुने गरेको बताए । माटाेकाे दियाे, घैला लगायत बनाउदा अाफुहरुले माटो, पराल र दाउरा किन्नका लागि बढि खर्च हुने गरेको कुमालेहरु बताउँछन् ।

माटोको भाडा बनाउदा सुरुमा भाडा बनाई सकेपछि दिन भरि घाममा सुकाउनु पर्ने र २४ घन्टा देखि ७२ घन्टा सम्म अागाेमा पकाउनु पर्ने गरेको बिरेन्द्र पंन्डित ले बताए । उक्त सामग्रीहरु तयारी पारेर बिक्रीवितरण का लागि रंगेली, कर्सिया, दाेहमाना, डाईनिया बजारमा बिक्री गर्ने गरेकाे बताए । उनिहरुले तिहारका लागि बजारमा दियो र घैलाकाे बढि बिक्री हुने गरेको र दियो ६० रुपैयाँ सयकडाका दरले बिक्रीवितरण गर्ने गरेको समेत बताए । उपभोक्तहरुले समेत घर कै माटाेत हाेनि भन्दै सस्तो मुल्यमा खाेजने गरेको बताए ।

बिष्णु पंडित भन्छन – अहिले अाफुहरु याे पेसा जसाे त्यसाे गरिरहेका छाै तर अहिलेका नयाँ पिडिले भने याे पेसालाई बेवास्ता गरेका कारण याे पेसा नै लाेप भएर जाने भन्दै चिन्तित अबस्थामा रहेका छन । अहिले घरका सबै परिवारहरु दियो र घैला बनाउन ब्यस्त हुन थालेको देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...