News Portal

तिहारका लागि कुमालेहरु दियो घैला बनाउन ब्यस्त

हिमाली संचार संवाददाता
९१९ पटक

रबिन्द्र बराल : हिन्दु धर्मावालाम्वीहरुको महान चाड भर्खर बिजया दशमी सकिएको छ । अर्को ठुलो दोस्रो चाड दिपावली नजिकिंदै छ। तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको आराधना हुने गर्छ भने त्यस दिन माटाको दियाे शुद्ध हुने भएकाले बत्ती बाल्ने चलन समेत रहेको छ । अहिले माेरङकाे सुनवर्सि नगरपालिका ९ स्थित कदमगाछि घर भएका २४ घर परिवारका पंन्डित समुदायका कुमालेहरु हस्तकलाका सामाग्री बनाउन ब्यस्त हुन थालेका छन । उनीहरुले चिम्टाईलाे माटोबाट दियाे, घैला, काेसीया, कुहा, मटकुरी, खुत्रुकेे, हात्ती, ढकना, दलिया लगायतका समाग्रीहरु बनाउन थालेका हुन ।

५ बर्ष अगाडि यहि पेसाबाट अाफुहरुलाई मनग्ये अाम्दानी हुने गरेकाे तर अहिले बजारमा विभिन्न किसिमका झिलिमिली इलाेट्राेनिक सामान बजारमा अाएपछि अाफुहरुकाे राेजिराेटि नै गुम्न थालेकाेे र मेहनत अनुसार अाफुहरु लाई थाेरै मात्रै फाईदा हुने गरेको सुरेन पंन्डित बताए । उनले भने पुर्खेउली पेशा भएको हुनाले अाफुहरुले यस लाई जगेर्ना गरेकाे र माटोको काम गर्दे धेरै मेहनत र खर्चिलाे हुने गरेको बताए । माटाेकाे दियाे, घैला लगायत बनाउदा अाफुहरुले माटो, पराल र दाउरा किन्नका लागि बढि खर्च हुने गरेको कुमालेहरु बताउँछन् ।

माटोको भाडा बनाउदा सुरुमा भाडा बनाई सकेपछि दिन भरि घाममा सुकाउनु पर्ने र २४ घन्टा देखि ७२ घन्टा सम्म अागाेमा पकाउनु पर्ने गरेको बिरेन्द्र पंन्डित ले बताए । उक्त सामग्रीहरु तयारी पारेर बिक्रीवितरण का लागि रंगेली, कर्सिया, दाेहमाना, डाईनिया बजारमा बिक्री गर्ने गरेकाे बताए । उनिहरुले तिहारका लागि बजारमा दियो र घैलाकाे बढि बिक्री हुने गरेको र दियो ६० रुपैयाँ सयकडाका दरले बिक्रीवितरण गर्ने गरेको समेत बताए । उपभोक्तहरुले समेत घर कै माटाेत हाेनि भन्दै सस्तो मुल्यमा खाेजने गरेको बताए ।

बिष्णु पंडित भन्छन – अहिले अाफुहरु याे पेसा जसाे त्यसाे गरिरहेका छाै तर अहिलेका नयाँ पिडिले भने याे पेसालाई बेवास्ता गरेका कारण याे पेसा नै लाेप भएर जाने भन्दै चिन्तित अबस्थामा रहेका छन । अहिले घरका सबै परिवारहरु दियो र घैला बनाउन ब्यस्त हुन थालेको देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...