News Portal

  • प्रवासी नेपाली मन्च कुवेतले गर्यो सुवास नेम्वाङको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम

    हिमालीसंचार संवाददाता
    २५० पटक

    कुबेत सिटी, कुवेत। नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च कुवेतद्वारा संविधानसभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम हिजो १९ सेप्टेम्बर २०२३ को दिन कुवेतको फर्वानियास्थित एभरेस्ट नेपाली होटेलमा प्रवासी नेपाली मंच मध्यपूर्व सह संयोजक रबि बन्जाडेको प्रमुख अतिथ्यता सम्पन्न गरेको छ।

    मन्च कुवेतका अध्यक्ष राजकुमार थापाको सभापतित्व र प्रवासि नेपाली मंच मध्यपूर्व सह संयोजक रबि बन्जाडेको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रममा, प्रबासी नेपाली एकता मञ्च कुवेतका अध्यक्ष युवराज गैरे, नेपाल पत्रकार महासंघको बैदेशिक शाखा कुबेतका अध्यक्ष नवराज पन्थीलगायतको आतिथ्यता रहेका थियाे। कार्यक्रममा स्वर्गीय नेम्वाङको सम्झनामा एक मिनेट मौनधारण गरिनुका साथै उहाँको तस्विरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो।

    नेपालको राजनीतिमा उहाँको शालीन स्वभाव, मिलनसार र नम्र बोली चालीले जो कसैलाई पनि प्रभावित पार्ने गरेको थियो। २०६४ साल देखि ०७२ साल सम्म दुईपटक संविधानसभाबाट संविधान बनाउने जटिल काममा उहाँले नेतृत्व गर्नुभयो। हाल उहाँ इलाम क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भई पार्टी र संसदमा नरम नेताको रुपमा आफ्ना अभिव्यक्ति दिने गर्नु भएको थियो।

    एमालेले एउटा सक्षम,बौद्धिक र प्रतिष्ठित नेता गुमाएको छ। भन्दै उहाँको मृत्युबाट एमाले पार्टीलाई ठूलो क्षति पुगेको उहाँले गर्नु भएको योगदानका बारेमा आ-आफनो भनाइ चर्चा गरेका थिए।

    त्यस्तै मन्चका अध्यक्ष राजकुमार थापा,प्रमुख आतिथ्य रबि बन्जाडे,प्रबासी नेपाली एकता मञ्च कुवेतका अध्यक्ष युवराज गैरे, पत्रकार महासंघ कुबेतका अध्यक्ष नवराज पन्थी लगायतले यस दुःखद घडिमा शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गर्नुहुँदै दिवंगत आत्माको चीर शान्तिको कामना गर्नुभएको थियो भने, शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रमलाई प्रवासी नेपाली मन्च कुवेतका सचिब शंकर पौडेलले संचालन गरेका थिए।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...