News Portal

विश्वका उदीयमान सय नेतामा बालेन परेपछि बाबुरामले के भने ?

हिमालीसंचार संवाददाता
३६८ पटक

काठमाडौँ। विश्वकै प्रसिद्ध ‘टाइम म्यागेजिन’ले विश्वका उदीयमान सय नेतामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई समावेश गरेकामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आलोचनात्मक टिप्पणी गरेका छन्।

२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित शाहलाई अमेरिकी पत्रिका टाइमले ‘टाइम १०० नेस्क्ट’को सूचीमा समेटेको हो।

यो नेपाल र नेपालीका लागि खुसीकै कुरा भएपनि यसलाई अर्काे कोणबाट पनि हेरिनुपर्ने तर्क नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले गरेका हुन्। घुमाउरो भाषामा उनले मेयर शाहलाई ‘मित्रले आलोचना र दुश्मनले प्रशंसा’ गरेको टिप्पणी गरेका छन्। यसमा सचेत रहन डा. भट्टराईले मेयर शाहलाई सुझावसमेत दिएका छन्।

विश्वप्रसिद्ध ‘टाइम’ले काठमाडौंका युवा मेयर बालेन शाहलाई विश्वका १०० जना उदीयमान नेताको रूपमा छनोट गर्नु नेपाल र नेपालीका लागि खुसीको कुरा हो। देशमा चौतर्फी निराशा छाएको बेला यसले थोरै भएपनि आशाको सञ्चार गर्छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘साथै जटिल भूराजनीतिक अवस्थितिमा रहेको देशमा कुनै एउटा वृत्तबाट हुने प्रशंसा र आलोचनालाई हामीले सतर्कतापूर्वक पनि हेर्नुपर्छ। यस सन्दर्भमा माओको यो भनाइलाई सम्झनु उपयुक्त हुनसक्छ- ‘तिम्रा दुश्मनले तिमीलाई प्रशंसा गर्छन् र तिम्रा मित्रले आलोचना गर्छन् भने आफूमा केही गडबड छ भन्ने बुझ्नुपर्छ।’

पछिल्लो समय मेयर शाह सामाजिक सञ्जालमा उत्तेजक स्टाटस लेखेका कारण आलोचित छन्। हालै उनले आफ्नी श्रीमती सवार सरकारी गाडी ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेको भन्दै फेसबुकमा ‘सिंहदरबारमा आगो लगाइदिने’ भनेर लेखेका थिए। चौतर्फी आलोचना भएपछि उनले उक्त स्टाटस हटाएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...