News Portal

  • प्रधानमन्त्री प्रचण्ड भोलि अमेरिका जाँदै

    हिमालीसंचार संवाददाता
    ३३७ पटक

    काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

    महासभाको ७८औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री न्युयोर्क जान लागेको परराष्ट्र मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जनाएको छ। प्रधानमन्त्री प्रचण्ड त्यहीँबाट ५ असोजमा चीन भ्रमणमा जाने पनि तय भएको छ।

    प्रधानमन्त्री प्रचण्डले ४ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। तीन वर्षपछि नेपालबाट महासभामा प्रधानमन्त्रीस्तरमा सहभागिता हुन लागेको हो। गत वर्ष परराष्ट्रसचिव भरतराज पौड्यालले सम्बोधन गरेका थिए भने त्योभन्दा अघिल्लो वर्ष तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले महासभालाई सम्बोधन गरेका थिए।

    प्रधानमन्त्री प्रचण्ड महासभामा सहभागी हुने प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। यो कार्यक्रम २ असोजका लागि तय भएको छ। यद्यपि, स्वागत समारोहमा अमेरिकी राष्ट्रपति बाइडेनसँग द्विपक्षीय साइडलाइन वार्ता गर्ने समय हुँदैन। बाइडेनले प्रतिनिधिमण्डललाई स्वागत गर्ने र तस्बिर खिचाउने कार्य मात्रै हुने गर्दछ।

    न्युयोर्कमा रहँदा प्रधानमनत्री प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी सम्मेलन तथा जलवायु महत्वकांक्षा सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। यो साइडलाइनमा हुने महत्वपूर्ण कार्यक्रम हो। प्रधानमनत्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।

    प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन्। परराष्ट्रमन्त्री साउद नेतृत्वको एउटा प्रतिनिधिमण्डल भने यसअघि नै न्युयोर्क पुगिसकेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १६ गतेको राशिफल

    आज असार १६, २०८२ (जुन ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए एनसीसीहरू फुटाउन हरेक हत्कण्डा प्रयोग गर्दै बद्री–हेमराज समूह

    काठमाडौँ, असार १५ – अवैधानिक रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय कब्जा...

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय

    काठमाडौं, असार १५ – नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय...

    युरोप, अमेरिका र मध्यपूर्वका अधिकांश एनसीसीले बद्री केसी नियन्त्रित एमआईएस अस्वीकार

    काठमाडौं, असार १५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अनलाइन सदस्यता प्रणाली (एमआईएस) लाई युरोप,...

    प्रमिलाको निशुल्क रुपमा उपचार गराइयो

    मोरङ, असार १५ – कानेपोखरी–२ दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी २ वर्षीया...