News Portal

प्रधानमन्त्री प्रचण्ड भोलि अमेरिका जाँदै

हिमालीसंचार संवाददाता
४१३ पटक

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

महासभाको ७८औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री न्युयोर्क जान लागेको परराष्ट्र मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जनाएको छ। प्रधानमन्त्री प्रचण्ड त्यहीँबाट ५ असोजमा चीन भ्रमणमा जाने पनि तय भएको छ।

प्रधानमन्त्री प्रचण्डले ४ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। तीन वर्षपछि नेपालबाट महासभामा प्रधानमन्त्रीस्तरमा सहभागिता हुन लागेको हो। गत वर्ष परराष्ट्रसचिव भरतराज पौड्यालले सम्बोधन गरेका थिए भने त्योभन्दा अघिल्लो वर्ष तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले महासभालाई सम्बोधन गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड महासभामा सहभागी हुने प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। यो कार्यक्रम २ असोजका लागि तय भएको छ। यद्यपि, स्वागत समारोहमा अमेरिकी राष्ट्रपति बाइडेनसँग द्विपक्षीय साइडलाइन वार्ता गर्ने समय हुँदैन। बाइडेनले प्रतिनिधिमण्डललाई स्वागत गर्ने र तस्बिर खिचाउने कार्य मात्रै हुने गर्दछ।

न्युयोर्कमा रहँदा प्रधानमनत्री प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी सम्मेलन तथा जलवायु महत्वकांक्षा सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। यो साइडलाइनमा हुने महत्वपूर्ण कार्यक्रम हो। प्रधानमनत्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।

प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन्। परराष्ट्रमन्त्री साउद नेतृत्वको एउटा प्रतिनिधिमण्डल भने यसअघि नै न्युयोर्क पुगिसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...