News Portal

कुवेतमा तिज बिशेष कार्यक्रम सम्पन्न, गायिका मञ्जु पौडेलले छमछमी नचाईन !

हिमालीसंचार संवाददाता
१४०८ पटक

कुवेत सिटी। नेपाली नारीहरूको महान चाड हरीतालिका तिजको अबसरमा नेपाल कुवेत साँस्कृतिक मञ्चद्वरा आयोजित २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका अथिती कलाकार चर्चित गायिका कर्णप्रीय स्वरकी धनी उद्घोषिका “मञ्जु पौडेल” को साथमा नेपाल कुवैत साँस्कृतिक मन्च कुवेतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न।

तीज विशेष कार्यक्रम १ बजेबाट भने पनि ३ बजेपछि मात्र शुरु भएको थियो। हामी नेपाली कहिले सुध्रिने त ? अझै पनि हामीले समय के हो भनेर चिन्न सकेका छैनौं।

कुबेत जिलिबस्थित Aspire indian international School को हलमा आयोजना गरिएको सास्कृतिक कार्यक्रममा नेपाली चेलीहरूको उल्लेख्य रूपमा उपस्थिति रहेको थियो।

प्रबासमा रहेका दिदिबहिनीहरुलाई माईतिको न्यास्रो नहोस र प्रबासमा भएपनि आफ्नो संस्कृति,रीति रिवाज र परम्परालाई जगेर्ना गर्नलाई आयोजना गरिएको तिज बिशेष कार्यक्रमका मन्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा गरिएको कार्यक्रममा नेपाली दूतावास कुवेतको प्रमुख अतिथि कार्यवहाक राजदूत सुजनी राना बिशेष अतिथिमा एनआरएन एनसीसीका अध्यक्ष रणध्वज लामा, नेपाली दूतावास कुवेतको तृतिय सचिव रेवन्त केसी, श्रम सहचारी हेम कुमार अधिकारी, बिईसी एक्सचेञ्ज कुवेतका डम्बर गुरुङ, सुजन केसी, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी, कुवेतमा कृयाशिल संघसंस्थाका पदाधिकारीहरू पत्रकारहरुको आतिथ्यता रहेका थियाे।

“हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो संस्था नेपाल कुवैत सांस्कृतिक मञ्चको २२ औ सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथी बिशेष अतिथीलले सामुहिक रुपमा पानसमा दिप प्रज्वलन गरिएको उक्त कार्यक्रमलाई प्रसाद तिमिसना र जीवन सुनारले संयुक्तरुपमा सञ्चालन गरेको थिए। भने मन्चको बरिष्ट संरक्षक टिकाराम आचार्यले स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

तिज बिशेष कार्यक्रमलाई अतिनै भब्य र शब्य बनाउनको लागि नेपाल कुवेत साँस्कृतिक मञ्चका कलाकार युगल गीत तथा सामुहिक नृत्य गरी उपस्थित सम्पूर्ण दर्शकहरुलाई झनै मनोरन्जन दिलएको थियो। मरुभुमिको देशभए पनि नेपालको झल्को मेटिने गरी नेपाली चेलीबेटीहरु रातो सारी, छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका दिदीबहिनीहरु एकदममै खुशी हुँदै कम्मर मर्काई मर्काई तिजका विभिन्न भाकाहरुमा नृत्य गरेका थिए।

बहुचर्चित गायिका कर्णप्रीय स्वरकी धनी उद्घोषिका “मञ्जु पौडेल” नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त बहुचर्चित लोक दोहोरी गायिका “मञ्जु पौडेल” स्रोताहरुको सर्बाधिक रोजाइमा पर्ने लोकप्रिय गायिकाले आफ्ना नयाँ पुराना गीतहरु गाएर दिदीबहिनीहरुलाई छमछमी नचाइनकी थिईन।

मन्चले विशेष योगदान गरेका ब्यक्तित्वहरु नेपालबाट पल्नु भएका अतिथी कलाकारलाई दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो। कार्यक्रमका अन्त्यमा सभापति गोबिन्द बरालले कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रतक्षरुपमा आर्थिक, भौतिक, नैतीक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, कार्यक्रम समापनको घोषणा गरेका थिए।

यो पनि पढ्नुहोस्।

चर्चित गायिका “मञ्जु पौडेल”लाई कुबेतको बिमानस्थलमा भब्य स्वागत

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...