News Portal

  • चर्चित गायिका “मञ्जु पौडेल”लाई कुबेतको बिमानस्थलमा भब्य स्वागत

    हिमालीसंचार संवाददाता
    ३८० पटक

    कुबेत सिटी। सेप्टेम्बर ८ तारीखका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२३ कार्यक्रमको लागि अथिती कलाकार चर्चित गायिका तथा कर्णप्रीय स्वरकी धनी उद्घोषिका “मञ्जु पौडेल” कुबेतको समय अनुसार बिहान् ७ बजे जजिरा एयरलाइन्सबाट कुवेत आईपुगेकी छन्।

    अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थको लागि आयोजक नेपाल कुवेत साँस्कृतिक मन्च परिवार कुवेतमा कृयाशील नेपाली संस्थाका प्रतिनिधिहरु, पत्रकार साथै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो भने, आगमनमा वहाँलाई पुष्पगुच्चा दिई र खादा दोसल्ला ओढाई बिमानस्थलमा भब्य स्वागत गरेका छन्।

    पर्सि ८ तारिख शुक्रवारको दिन कुवेतस्थित इन्डियन स्कुल Aspire Indian International School जिलिबको हलमा आयोजना गर्न लागेको २२ औ तीज विशेष सांगीतिक धमाका २०२३ कार्यक्रमको लागि कुबेतमा क्रियाशील नेपाली संघसंस्था, पत्रकार, कलाकार, बुद्धिजिवी, समाजसेवी तथा सम्पूर्णमा निमन्त्रणा गरिसकेको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितभई दिन आयोजकले हार्दिक अनुरोध गरेको छ।

    कार्यक्रम हुने

    मिति : ८ सेप्टेम्बरमा २०२३
    समय : दिनको ठिक ०१ बजे
    स्थान : Aspire indian international School
    आयोजक : नेपाल कुवेत साँस्कृतिक मन्च

    तस्बीर : विजय तामाङ 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...