News Portal

नुवाकोटका यूवाहरूलाई समेट्दै तरूण दल केन्द्रिय सदस्य गुरूङ

हिमालीसंचार संवाददाता
११३६ पटक

नुवाकोट– यूवाहरूलाई समेट्दै तरूण दल केन्द्रिय सदस्य गुरूङ परीबर्तन आफैबाट सुरूबात गरौ भन्ने मुल मर्मलाई आत्मसात गर्दै बर्तमान अबस्थामा युबा पिढी माझ लोकप्रिय बन्दै गई रहनु भएका देशको राजनैतिक अबस्थाका कारण बैदेशिक भूमिमा लामो समय सम्म रोजगार गरी हाल नेपालमा नै रहेर समाजिक सेवामा तल्लिन हुँदै आई रहनु भएका तरूण दलको केन्द्रिय सदस्य सन्जीव गुरूङ समाजमा केहि गरौ भन्ने हुटहुटी बोकेका ब्यक्ति हुन्।

बिशेषत: कांग्रेसमा आबद्ध भएका उहाँ नुवाकोटमा मात्र नभएर ७७ वटै जिल्लाका यूवा तरूणहरूलाई समेटेर अगाडी बढ्ने सोचमा हुनु हुन्छ । नेपालको बर्तमान राजनितिबाट वाक्क दिक्क भएका तरूणहरूलाई समेटर अगाडी बढ्न खोज्नुको मुल कारण भनेको नेपालमा रहेका राजनिति दल र यी दलहरूलाई लिडरशीप गरेर अगाडी बढी रहेका पुरातन सोच बोकेका जनतालाई सधै रैतिको झै ब्यबहार गर्ने भ्रष्ट्राचारी, फटाहा,समय अनुसार चल्न नसक्ने।

,गन्तब्य बिहिन यात्रा गरी रहेका कुनै पनि निति सिद्धान्तलाई अनुशरण नगर्नेहरूलाई बाईपास गराई केहि गरौ भन्ने सोच बोकेका सबै क्षेत्रका यूवाहरूलाई नेपालमा नै स्थापित गराई देशमा नयाँ क्रान्तिको सुरूवात गरी देश बिकासमा आमुल परीवर्तन गर्नु नै हो भन्नु हुन्छ।बिदेशीने क्रममा रहेका यूवा पिढीहरूलाई देशमा केहि गर्नु पर्छ र केहि गरौ भन्ने सोच समेत बोकी बिदेशीनुबाट रोक्नका लागि समेत केहि गर्न सकिन्छ की भन्ने सोचमा हुनु हुन्छ। जनताबाट खासै सपोर्ट नपाईएका अझै भनौ जनताले नपत्याईएका अनुहारहरू नै मन्त्री सांसद बन्ने आजको जुन माहौल

छ ती माहौललाई परीवर्तन गर्ने सोचमा हुनु हुन्छ गुरूङ र उहाँका समकक्षी साथीहरू । उहाँको यस कदमलाई साथ दिनका लागि नुवाकोट शिव पुरीका तरूण दल नुवाकोट क्षेत्र नं १ का कार्यबाहक क्षेत्रीय अध्यक्ष प्रलाद थापा,नेपाली कांग्रेसका कृयाशील सदस्य एवं समाजसेवी तादी गाउँ पालिकाको कमल भण्डारी,सूर्य बहादुर लामा, मदन रुम्बा, सन्दिप तामाङ्ग, चिरन आचार्य, नबराज भण्डारी,दुप्चेश्व गाउँपालिकाका सचिन लगायत ७ वटै गाउपालिकाको तरुण दल अध्यक्ष लगायतका सम्पूर्ण टिम नै लागि परी रहेका छन्।

बिषेशत नुवाकोटका सबै गाउँपालिका र २ वटा नगर पालिकाका युवाहरूलाई समेट्ने गरी यहि भाद्र ४ गते नुवाकोटका यूवाहरूलाई जमघट गराई एक आपसमा भलाकुसारी गर्ने माहौल सृजित गर्दैछन्। उक्त दिन प्रलाद थापाको जन्म दिन पनि परेको र जन्म दिनको अबसरमा जमघट हुने माहौल सृजित हुनुलाई केहि नयाँ थालनी हो की भन्ने बुझ्न सकिन्छ।

त्यसै गरी राजनिति प्रति चासो राख्दै अगाडी बढी रहेका खेल प्रेमी थापाले नुवाकोटमा बिगत देखि नै आफू नै आयोजक कमिटीमा बसि खेल जगतलाई अगाडी बढाउन त्यतिकै लागि परी रहेका छन् । ब्यबसायी हिसाबले शिवपूरी यातायातका अध्यक्ष समेत रहेका थापाले नुवाकोटे बासिन्दालाई सेवा दिदै समेत आई रहेका छन् । यसरी युवाहरूलाई समेटेर अगाडी बढ्न सक्यौ भने देशमा युगान्तकारी परीवर्तन हुन धेरै समय लाग्ने छैन भन्नु हुन्छ तरूण दल केन्द्रिय सदस्य गुरूङ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...