News Portal

युवामा देशमा केही हुँदैन भन्ने नैराश्यता छायो : मन्त्री लिम्बू

हिमालीसंचार संवाददाता
२५३ पटक

काठमाडौं। युवा तथा खेलकुदमन्त्री डिगबहादुुर लिम्बूले युवाहरुमा देशमा केही हुँदैन भन्ने नैराश्यता छाएको बताउनुभएको छ।

२४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री लिम्बूले अहिले नेपाली युवाहरुमा देशमा केही हुँदैन र केही छैन भन्ने नकारात्मक विचार लिएर सबै विदेश जान थालेको बताउनुभएको हो।

मन्त्री लिम्बूले युवाहरुलाई आफ्नै देशमा बसेर श्रम शक्ति खर्च गरी देश बनाउनतर्फ नेतृत्वदायी भूमिका निभाउन आग्रह गर्नुभयो। उहाँले सरकारले शुसासन दिन खोजेको भन्दै युवाहरु राजनितिक, आर्थिक, सामाजिक क्षेत्रमा आएर नेतृत्व गर्नुपर्ने समय आइसकेको बताउनुभयो। उहाँँले नेपाली युवासँग सीप, क्षमतासँगै इच्छाशक्ति हुनुपर्ने धारणा राख्नुभयो।

मन्त्री लिम्बूले युवाहरुलाई रोजगारी दिलाउने कार्यक्रम ल्याउन सरकार तल्लीन रहेको बताउनुभयो। युवाहरुले मुलुक हाँक्न र देशलाई समृद्धीको दिशातर्फ लैजानको निमित्त तयारीका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो।

मन्त्री लिम्बूले सरकारले युवा नीति परीमार्जन गरेर अधिकतम युवाहरुलाई अवसर दिन चाहेको बताउनुभयो। उहाँले युवा नीति राम्रो बने परिणाम पनि राम्रो आउने भन्दै युवाहरु मिलेर देशलाई अघि बढाउनुपर्ने बताउनुभयो।

मन्त्री लिम्बूले देश विकास निर्माणमा युवाको नेतृत्वदायी भुमिका रहने बताउनुभयो।

प्रतिकृया दिनुहोस्

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...

दृश्य धेरै छन्, साथ थोरै छ : प्रेम र सम्बन्ध

आजको युग प्रविधि, गति र परिवर्तनको युग हो। यही परिवर्तनसँगै प्रेम र सम्बन्धको अर्थ पनि...