News Portal

चन्द्र भण्डारीको प्रश्न– सफाइ पाएका सुनील शर्मालाई फेरि किन पक्राउ गरियो ?

हिमालीसंचार संवाददाता
४०२ पटक

काठमाडौं। नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सुनील शर्मालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएका छन्। उनले शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाए।

शुक्रबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भण्डारीले भने, “जसको शक्ति त्यसको भक्ति भन्ने अब चल्दैन। सुनील शर्मालाई थुन्नुपर्छ भन्ने छैन। मैले प्रधानमन्त्री र सीआईबी प्रमुखलाई यो गलत भयो भनिसकेको छु,” सांसद भण्डारीले भने।

“तत्कालीन अवस्थामा नवराज सिलवालले त्यसलाई अघि नबढाउने भनिसकेका छन्। बन्द गरिसकेको कुरा फेरि निकालेर कसैसँग प्रतिशोध साँध्नु गलत हो।”

उनले ललिता निवास प्रकरणको उदाहरण दिँदै शर्मालाई पक्राउ गर्नु गलत भएको दाबी गरे। भण्डारीले देशमा यति धेरै लुटपाट र भ्रष्टाचार हुँदाहुँदै सकिसकेको मुद्दामा राज्य एउटा व्यक्तिको पछि प्रतिशोध साँध्न लाग्नु गलत भएको बताए।

“नचाहिँदो कुरामा प्रतिशोधमा समात्ने होइन। सुनील शर्माले बोलेको कसैलाई नपचेको होला नि,” उनले भने, “कसैले जग्गा किनेपछि फिर्ता गर्दा पनि उन्मुक्ति पाउने। सुनील शर्मालाई अदालतले सफाइ दिएको मुद्दामा फेरि थुन्नुपर्ने किन ?

प्रतिकृया दिनुहोस्

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...