News Portal

डा. शुनिल शर्मा पक्राउमा केसीको असन्तुष्टी

हिमालीसंचार संवाददाता
३०९ पटक

काठमाडौं। नेपाली कांग्रेसका सांसद माननीय अर्जुन नरसिंह केसीले माननीय डा. शुनिल शर्मा पक्राउमा सामाजिक संजाल ट्वीटरमार्फत गम्भीर असन्तुष्टी ब्यक्त गर्नु भएको छ। सयौं किलो सुन तस्करी भएको बिषयमा शर्माले अर्थमन्त्री महत र गृहमन्त्री श्रेष्ठको पनि संलग्नता छकी भनेर बोली रहदा सभामुखलाई बिना जानकारी शर्मालाई पक्राउ गरीएकोमा परीस्थिति गम्भीर हुँदै गएको छ।

लोकतान्त्रिक पद्धतिलाई अंगाल्ने कांग्रेसको वाक स्वतन्त्रता यहि हो ? सुन्नमा आए अनुसार अर्थमन्त्रीकै आदेशमा गृहमन्त्रीले पक्राउ पूर्जी जारी गरी पक्रिएको भन्ने खबर सामाजिक संजालमा छताछुल्ल हुन पुगेको छ।

यसै बिषयमा केन्द्रित भएर माननीय केसीले सामाजिक संजाल ट्वीटरमा यसरी ट्वीट गर्नु भएको छ – भारतको बीडीबीकेएस कलेजबाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारेको छानबिन “अपरेशन क्वाक”ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो। त्यही केस हाल आएर सिआईवी “फोक्सट्रोट चार्ली”अपरेसनले मा. शुनिल शर्मा लाई पक्राउ गरेको छ।

संसदमा सुन तस्करी काण्डविरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुनः युद्धस्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ भनी ट्वीट गर्नु भएको छ। सुन काण्डको गहन छानवीन गर्नुपर्ने सिआईवी आज सुन काण्डलाई छाडेर डा. सुनिल शर्माको पछाडी दौडनु कतिको जायज र न्यायपूर्ण होला भन्ने कुरामा शंका छ।

१९९६ सालको प्रमाण पत्रको ७ बर्ष अगाडी छानविन भएर सकिसकेको कुरोलाई पुन यहि समयमा ब्युताएर शर्मालाई कानुनी कठघरामा उभ्याउनुलाई राम्रो मान्न सकिदैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...