News Portal

डा. शुनिल शर्मा पक्राउमा केसीको असन्तुष्टी

हिमालीसंचार संवाददाता
३४० पटक

काठमाडौं। नेपाली कांग्रेसका सांसद माननीय अर्जुन नरसिंह केसीले माननीय डा. शुनिल शर्मा पक्राउमा सामाजिक संजाल ट्वीटरमार्फत गम्भीर असन्तुष्टी ब्यक्त गर्नु भएको छ। सयौं किलो सुन तस्करी भएको बिषयमा शर्माले अर्थमन्त्री महत र गृहमन्त्री श्रेष्ठको पनि संलग्नता छकी भनेर बोली रहदा सभामुखलाई बिना जानकारी शर्मालाई पक्राउ गरीएकोमा परीस्थिति गम्भीर हुँदै गएको छ।

लोकतान्त्रिक पद्धतिलाई अंगाल्ने कांग्रेसको वाक स्वतन्त्रता यहि हो ? सुन्नमा आए अनुसार अर्थमन्त्रीकै आदेशमा गृहमन्त्रीले पक्राउ पूर्जी जारी गरी पक्रिएको भन्ने खबर सामाजिक संजालमा छताछुल्ल हुन पुगेको छ।

यसै बिषयमा केन्द्रित भएर माननीय केसीले सामाजिक संजाल ट्वीटरमा यसरी ट्वीट गर्नु भएको छ – भारतको बीडीबीकेएस कलेजबाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारेको छानबिन “अपरेशन क्वाक”ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो। त्यही केस हाल आएर सिआईवी “फोक्सट्रोट चार्ली”अपरेसनले मा. शुनिल शर्मा लाई पक्राउ गरेको छ।

संसदमा सुन तस्करी काण्डविरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुनः युद्धस्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ भनी ट्वीट गर्नु भएको छ। सुन काण्डको गहन छानवीन गर्नुपर्ने सिआईवी आज सुन काण्डलाई छाडेर डा. सुनिल शर्माको पछाडी दौडनु कतिको जायज र न्यायपूर्ण होला भन्ने कुरामा शंका छ।

१९९६ सालको प्रमाण पत्रको ७ बर्ष अगाडी छानविन भएर सकिसकेको कुरोलाई पुन यहि समयमा ब्युताएर शर्मालाई कानुनी कठघरामा उभ्याउनुलाई राम्रो मान्न सकिदैन।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...