News Portal

प्रचण्डलाई सुवास नेम्वाङको व्यङ्ग्य : नाम बिर्सेँ, अनुहार झलझल्ती सम्झन्छु !

हिमालीसंचार संवाददाता
२६८ पटक

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले सबै जातजाति र धर्मावलम्बीहरूको अधिकारको सम्मानमा कुनै सर्तबन्दी नगर्ने बताएका छन्।

२९ औँ विश्व आदिवासी दिवसका अवसरमा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले बिहीबार च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले देशका विविध धर्म,जाती र भाषाका पक्षमा दृढतापूर्वक एमाले उभिँदै आएको र आगामी दिनमा पनि उभिने बताए।

नेता नेम्वाङले प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै व्यङ्ग्य पनि गरे। उनले भने, ‘म नाम अलि बिर्सन्छु। हिजोअस्ति भर्खरै कोशी प्रदेशको सन्दर्भलाई लिएर होला एक जना मित्रले भन्नुभयो। अर्को पटक २०८४ मा हामीलाई भोट हालेर जिताउनुभयो भने म यो कोशी प्रदेशको नामै फेर्दिन्छु।’

उनले त्यसो भन्ने मान्छेको नाम बिर्सेपनि अनुहार झलझल्ती याद आइरहेको बताए। ‘उहाँले यसो भनेको मलाई कताकति पढेको जस्तो लाग्यो। झलझली अनुहार याद छ तर नाम बिर्सेँ’, नेम्वाङको भनाइ छ।

दुई दिन अघि प्रधानमन्त्री प्रचण्डले विश्व आदिवासी दिवसकै अवसरमा काठमाडौमा भएको एक कार्यक्रममा कोशी प्रदेश नामकरण र भइरहेको विरोधलाई लक्षित गर्दै आउने चुनावमा आफ्नो पार्टीलाई जिताए कोशीको नाम फेरिदिने बताएका थिए।

नेम्वाङले नेकपा एमाले त्यसरी सर्तबन्दी नगर्ने पनि बताए। ‘यो देशमा साँच्चै धर्म निरपेक्ष भएको अनुभूत गर्न राज्यले नै सबै धर्मावलम्बीहरूको चाडपर्व मनाइदिँदा कस्तो होला ?’, नेम्वाङको भनाइ छ। उनले नेपाल विभिन्न जातजातिको साझा फूलबारी भएको भन्दै सोही अनुसार पछिल्लो पटक संविधान समेत सबैको अधिकार सुनिश्चित गर्ने गरी निर्माण गरिएको बताए।

प्रतिकृया दिनुहोस्

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...

दृश्य धेरै छन्, साथ थोरै छ : प्रेम र सम्बन्ध

आजको युग प्रविधि, गति र परिवर्तनको युग हो। यही परिवर्तनसँगै प्रेम र सम्बन्धको अर्थ पनि...

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...