News Portal

तीन दिनभित्र विश्वासको मत लिन्छु: मुख्यमन्त्री थापा

हिमालीसंचार संवाददाता
३०३ पटक

मोरङ। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी तीन दिनभित्र सरकारले विश्वासको मत लिने बताएका छन्।

शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले उपयुक्त समय हेरेर गठबन्धन दलसँग छलफल गरी विश्वासको मत लिने उनले बताए।

मुख्यमन्त्री थापाले अवरुद्ध सदनलाई सञ्चालन राख्न, विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्न तथा रोकिएको बजेटलाई सदनमार्फत कार्यान्वयन गर्नेजस्ता कार्य वर्तमान सरकारको प्राथमिकतामा रहेको बताए।

सरकारले आवश्यकताअनुसार मन्त्रालय थपघट गर्नसक्ने चर्चा गर्दै गठबन्धन दलबीच छलफल गरी सहमतिका आधारमा मन्त्रिमण्डल विस्तार गर्ने जानकारी पनि मुख्यमन्त्री थापाले गराए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...