News Portal

निर्मला थापा मगरको नेतृत्वमा जनसम्पर्क समिति मकाउको १५ सदस्यीय समिति चयन

उपसभापतिमा नबराज पराजुली, महामन्त्रीमा पदम बुढाथोकी, सह-महामन्त्रीमा मोहन सिह पन्त, सह-महामन्त्रीमा कुमार तिमल्सिना, सचिबमा भरत भट्टराई, सह-सचिबमा राजकुमार हरिजन, कोषाध्यक्षमा ज्ञानेन्द्र राउत, सहकोषाध्यक्षमा राम प्रसाद शर्मा र प्रबक्तामा प्रदिप खत्रीलाई चयन गरेको छ।

हिमालीसंचार संवाददाता
९२० पटक

मकाउ। नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति मकाउको पाँचौं अधिवेशनले निर्मला थापा मगरको नेतृत्वमा १५ सदस्यीय समिति निर्वाचित गरेको छ।

नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट निर्मला थापा मगरको नेतृत्वमा १५ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ।

अधिवेशनबाट सभापतिमा निर्मला थापा मगर, उपसभापतिमा नबराज पराजुली, महामन्त्रीमा पदम बुढाथोकी, सह-महामन्त्रीमा मोहन सिह पन्त, सह-महामन्त्रीमा कुमार तिमल्सिना, सचिबमा भरत भट्टराई, सह-सचिबमा राजकुमार हरिजन, कोषाध्यक्षमा ज्ञानेन्द्र राउत, सहकोषाध्यक्षमा राम प्रसाद शर्मा र प्रबक्तामा प्रदिप खत्रीलाई चयन गरेको छ।

त्यसैगरी, सदस्यहरुमा युव बहादुर छेत्री, संदेश लिम्बु, संदेश पौडेल, लालकाजी श्रेष्ठ र विनोद गौतम निर्विरोध निर्वाचित भएका छन। चण्डी योङयाको सभापतित्त्वमा भएको अधिवेशन उद्घाटन समारोहको प्रमुख अतिथि डा.प्रकाशशरण महत, विशेष अतिथि गोविन्दप्रसाद भटराई, वाग्मती प्रदेशका पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले शुभकामना व्यक्त गर्नुभएको थियो।

बागमती प्रदेश तेक्वान्दो अध्यक्ष केशब पुरी, जनसम्पर्क समिति मकाउका संरक्षक, हङकङ जनसम्पर्क समितिका सभापति, हङकङ जनसम्पर्क समितिका पुर्वसभापतिहरू लगायत मकाउस्थित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

प्रमुख अतिथिको शुभकामना भिडियो मार्फत समावेश गरिएको थियो। सो अवसरमा बोल्दै अर्थमन्त्री डा. महतले देशमा रेमिट्यान्स भित्र्याउन मकाउमा रहेका नेपालीहरुको योगदान अतुलनिय रहेको बताए।

विशेष अतिथि पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले नीति, सिद्धान्त, योगदान र इतिहास नभएका राजनीतिक दलबाट देशको विकासको लागि कुनै योगदान नहुने भन्दै नेपाली कांग्रेसले दीगो विकासको जग बसाल्न महत्वपूर्ण योगदान दिएको चर्चा गरे।

उनले भारत जस्ता ठूला राष्ट्रको आम्दानीको महत्वपूर्ण श्रोत रेमिट्यान्स नै भएको जनाउँदै युवाहरु रोजगारीको लागि विदेश जाँदैमा देश गरिब नहुने तर्क गरे। उनले रेमिट्यान्स नै नेपालको अर्थतन्त्रको मूल श्रोत भएको दाबी समेत गरे।

कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रमसहित मकाउमा छायांकन गरिएको समसामयिक कथावस्तुमा आधारित लघु चलचित्र “प्रदेशी संयोग” को समेत प्रीमियर रहेको थियो। कार्यक्रम मकाउस्थित L’Arc Hotel को चौथो तल्लामा गत आईतबार सम्पन्न गरिएको थियो।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...