News Portal

  • नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै

    हिमालीसंचार संवाददाता
    २६० पटक

    काठमाडौं। नागरिक उन्मुक्ति पार्टी अन्ततः सुदूरपश्चिम प्रदेश सरकारमा जान सहमत भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगको भेटपछि नाउपा एक मन्त्रालय, एक राज्यमन्त्री र उपसभामुखसहित सरकारमा सहभागी हुन तयार भएको हो।

    नेपाली कांग्रेसको नेतृत्वमा गठन भएको सरकारलाई विश्वासको मत दिएको झण्डै ७ महिनापछि नाउपा सरकारमा जान लागेको हो।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, नागरिक उन्मुक्ति पाटीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी लगायत सहभागी थिए।

    स्रोतका अनुसार सुदूरपश्चिममा नाउपाले कृषि मन्त्री, कृषि राज्यमन्त्री र दुईवटा संसदीय समितिको सभापति पाउने छ। नाउपाले साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो। तर पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्र पठाएपछि शपथ रोकिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...

    प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

    काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली...

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...