News Portal

  • रूपान्तरणको अभियानका अभियन्ता जगदिश्वर नरसिंह केसी

    हिमालीसंचार संवाददाता
    ५७८ पटक

    कर्ण बहादुर अधिकारी नुवाको सुद्धिकरण सुदृढिकरण हुँदै रूपान्तरणको लागि अगाडी बढौ भन्ने मुल एजेण्डालाई आत्मसात गर्दै यस बिषम परीस्थितिमा देशका अधिकांश भू-भागमा आफ्ना पाईला टेकेर नेपाली कांग्रेसका निष्ठावान कार्यकर्तालाई समेटेर पार्टीलाई एक ढिक्का बनाउनका लागि कंग्रेस नेता जगदिश्वर नरसिंह केसी लागि पर्नु भएको छ।

    जन नायक बिपी कोईरालाले २००३ सालमा स्थापना गर्नु भएको कांग्रेस अन लिमिटेड हुँदै आज पार्टी सभापति शेर बहादुर देउवाको मातहातमा आई पुग्दा प्राईभेट लिमिटेडमा सिमित भएको यो दृष्य सहनै नसकेर आफ्नै मनोज्ञानले अब यसरी भएन बिपीले स्थापना गर्नु भएको कांग्रेसलाई बचाएर हाम्रा भावी सन्ततिलाई कांग्रेस सहि सलामत जिम्मा लगाउनु पर्छ।

    भन्ने सोचले गुट-उपगुटको गन्धलाई टाढै मिल्काएर मेची महाकाली अभियानमा लाग्नु भएको हो। नेपाली कांग्रेसको बर्तमान अबस्थाको चित्रण गर्नु पर्दा निष्ठावान कार्यकर्ताको भावनालाई कुण्ठित गर्ने पार्टीको महाधिवेशन देखि जिल्ला हुँदै ईकाई सम्म र पार्टीको भातृ संस्थाहरूमा समेत आ-आफ्ना आसे पासेलाई प्राथमिकता दिने , निष्ठावान कार्यकर्ता र ग्रास रूटमा बसेर काम गर्ने पार्टी पार्टी भनेर मरी हत्ये गर्ने।

    , कम्युनिष्टका बिरूद्ध लडाई लड्नेहरूलाई पाखा लगाउने , केन्द्र देखि स्थानीय चुनावमा आफ्ना आसे पासे र पैसाको चलखेल गराएर करोडौ रूपैयामा टिकट रातारात बितरण गर्ने , निति र सिद्धान्त नै नमिल्नेहरूसंग ब्यक्तिगत स्वार्थका लागि चुनाव लड्ने र लडाउने,कांग्रेसकै गढ भनेर चिनिएका चितवन र नुवाकोटबासी कांग्रेसीहरूलाई हसियाँ हथौडा र कलममा मतदान गर्न लगाउने,कांग्रेसमा मै हुँ।

    भनेर कहलिएकाहरूलाई नै थाहा नदिई श्रीमतिहरूको बैंक खातामा टिकट बितरण गर्दा करोडौ रूपैया जम्मा गर्ने गराउने अबस्था देखिएको छ। यो दुर्गन्धित अबस्थाको अन्त्ये गर्नका लागि नै कांग्रेस भित्र आबद्ध भएका पार्टी सभापति देखि ग्रास लेबलका कार्यकर्ता समेतले पहिले आफू सुद्धिकरण हुने तत् पश्चात सुदृढिकरण हुँदै रूपान्तरीत भई कांग्रेसलाई बिशाल पार्टी बनाउनु आजको आबस्यकता देखिएकोले सबैलाई एकै ठाउँमा ल्याएर भ्रष्ट्राचारी बिहिन कांग्रेस बनाउनका लागि केसी यो अभियान लिएर अगि बढेका हुन्।

    २०७९ सालको चुनावमा टिकट बितरणमा चरम लापर्बाही र पैसाको चल खेल भएका कारण निष्ठावान नेता कार्यकर्ताले टिकट पाएनन् त्यस्तो दुराअबस्थाका कारण राम्रा र असल कार्यकर्ताहरू पार्टीका नेतृत्व प्रति बितृष्णा भएर एउटा गन्तब्य बिहिन यात्राको थालनी गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा भकाभक स्थानान्तरण भए ।

    निति र बिचार नमिल्नेहरूसंग गरीएको गठबन्धनले कांग्रेसको शाँख गिराएको छ। समानुपातिकको चेहराले घन्टीको भोट बढयो । यी परीवेशलाई रोक्नकै लागि यो अभियानको थालनी गरेका हुन ।यो अभियान पश्चात निष्ठावान कार्यकर्ताहरू ढुलमुले अबस्थामा कता जाउ भनी रहेको बेलामा रोक्ने काम भएको छ। यसरी कार्यकर्तालाई रोकेर पार्टीमै लाग्नका लागि प्रेरणा दिने केसीको अभियानले कांग्रेस भित्र केहि आशाका किरणहरू पलाएको छ।

    पार्टी सभापतिले कांग्रेसको कार्यकर्ताहरूलाई मिलाएर अगाडी बढ्न नसक्नु , आफ्ना आसेपासे हुक्के बैठकेहरूले जे भन्छन त्यहि मानी दिनु नै दुर्भाग्य थियो। शेर बहादुर नराम्रो पक्कै होईनन् तर उहाँलाई सल्लाह दिने उहाँका धर्म पत्नी देखि उहाँका आठपरीयाहरू नै खराब हुन् ।

    अब सभापति आफै सुध्रिएर कांग्रेसलाई सुधार्न जरूरी छ । मुहान नै दुषित भए पछि पोखरी पानी मात्र सफा गराएर काँहा हुन्छ । स्वर्णीम वाग्ले जस्तो बिद्वान नेतालाई पाखा लगाएर रास्वपालाई फाईदा पुर्याउने सभापतिको गलत कदमका बिरूद्धमा कदम उठाउन सक्ने नेता हुन केसी । यस्ता सयौ कमी कमजोरीलाई औल्याई दिएर कार्यकर्ताको मनोभावनालाई उच्च राखेर गर्वले कांग्रेस हुँ भन्न सक्ने माहौल सृजना गर्नका लागि केसी देश दौडाहमा लागेका हुन् । उहाँको यस अभियानमा गुटको गन्ध छ की भन्ने केहि कार्यकर्ताहरूलाई घाम जस्तै छरलङ्ग पारी दिएका छन यो गुट रहित हो भनेर । यसरी यस्तो अभियानको थालनी नगरेको भए अब आउने ८४ को चुनावमा कांग्रेस ५/१० सिटमा सिमित हुने अबस्था देखिएको थियो ।

    तसर्थ यो रूपान्तरण अभियानले निष्ठावान कार्यकर्ताहरूमा उर्जा थपिएको छ । हिमाल देखि पहाड हुँदै तराई सम्मको यात्रामा कांग्रेसका पुराना नेता देखि युवा पिढीका कार्यकर्ताहरूलाई भेट्ने र अन्तरकृया गर्ने काम गर्नु भएको छ । ७७ जिल्लाका कांग्रेसका नेता कार्यकर्ता र प्रवास रहेका जनसम्पर्क समितिका सभापतिहरूसंग जुम मिटिङ गरी कांग्रेसको भबिष्यको चिन्ता ब्यक्त गर्दै नयाँ मार्ग दर्शन खोजेर कांग्रेसको उज्वल भबिष्यको परीकल्पना गर्न थालिएको छ ।

    जन नायक बिपी कोईरालाको माहान बाणी मध्यको १ बाणी ” त्यहि खान नपाएको पेटमा अन्न जाओस हास्न नपाएको ओठमा हाँसो आओस,रोगीले ओखति मुलो पाउँन ,केटाकेटी पढ्न पाउँन भनेर नै हामी राजनितिमा लागेका हौं। मन्त्री हौंला ठूला ठूला कुर्चीमा बसौला भनेर संघर्ष गरेका होईनौँ” यति राम्रो बिपीको माहान बाणीलाई आत्मसात गर्ने केहि औंलामा गन्ने मात्र कांग्रेसका नेता भेटिए । त्यसै मध्येका एक यौद्धा हुन जगदिश्वर नरसिंह केसी ।

    समय अनुसार रूपान्तरीत भएर कांग्रेस जोगाउने जिम्मा तपाई हाम्रो काधमा आएको छ। भ्रष्ट्राचारको जालोमा रूमलिएको देश अनि त्यस माथि नेपाली कांग्रेस भित्रका केहि कलंकहरूले मानव बेच बिखनमा लागेर पार्टीको शाँख नै गुमाए । यस्ता धुन्धुकारीहरूलाई आज सम्म पनि पार्टीले निलम्बन गर्न सकेको छैन । अब कांग्रेसले आफ्ना नेता कार्यकर्ताले भ्रष्ट्राचार गरेको खण्डमा त्यसलाई कानुनी कठघरामा उभ्याउने शाहस गर्न सक्नु पर्यो । भ्रष्ट्राचारी कमिसन खोरहरूलाई बाईपास गराउन सक्नु पर्यो । तसर्थ अब कांग्रेसलाई बचाउनको लागि सुद्धिकरण ,सुदृढीकरण हुँदै रूपान्तरीत बनाएर अगाडी बढ्न जरूरी छ।

     

     

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेली प्रहरी निरीक्षक चौलागाई सरुवा भए

    जेष्ठ-२, बुधबार/मोरङ – इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंलाई विदाई गर्नेहरूको घुइँचो लागेको...

    दोस्रो अल्फा विटा ओपन बास्केटवल: बुधबार पुरुषतर्फ युवा जागृति, यलम्वर, झापा सेमिफाइनल प्रवेश (फोटो फिचर)

    बैशाख-२, बुधबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगितामा युवा जागृति, यलम्वर र झापा...

    मोरङको रतुवामाई स्थित लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार

    जेष्ठ-२, बुधबार/मोरङ – रतुवामाई नगरपालिका-६ स्थित लागुऔषध ओसार पसारमा संलग्न रहेका एक जना भारतीय नागरिकलाई...

    मोरङको रंगेली अस्पताल अगाडी जेब्राक्रसिङ बन्यो

    जेष्ठ-२, बुधबार/मोरङ – मोरङको रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत रङ्गेली अस्पताल अगाडि जेव्राक्रसिङ बनाईएको छ। ...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलमा इमोर्टल सेमिफाइनल प्रवेश

    जेठ-१, मंगलबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगिताको पुरुषतर्फ इमोर्टल क्लब सेमिफाइनल प्रवेश...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal