News Portal

सभामुखको हस्ताक्षरमा सरकार गठन संवैधानिक सर्वोच्चता विपरीत: शेखर कोइराला

हिमालीसंचार संवाददाता
३६० पटक

काठमाण्डौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभामुखको हस्ताक्षरमा सरकार गठन हुनु संवैधानिक सर्वोच्चता विपरीत भएको बताएका छन्।

सभामुखको समेत समर्थनमा नेपाली कांग्रेस कोशी प्रदेश सभा संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बने लगत्तै नेता कोइरालाले यस्तो प्रतिक्रिया जनाएका हुन्।

“प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या छैन,” कोइरालाले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, “तर, सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रूपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्त विपरीत हुन जान्छ।”

कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसद जोड्दा पनि बहुमत नपुगेपछि सभामुखको समेत नाम राखेर थापा मुख्यमन्त्री बनेका छन्। व्यवस्थापिका र कार्यपालिका नितान्त फरक फरक भएको कोइरालाले उल्लेख गरेका छन्।

“सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसद्को कार्य सञ्‍चालन गर्नु र अध्यक्षता गर्नु हो,” कोइरालाले भनेका छन्, “यदि संसद्‌मा पेश भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुन जान्छ।”

प्रदेश सभामा कांग्रेसका २९, माओवादीका सभामुख सहित १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन्।

त्यस्तै, नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...