News Portal

प्रदेश १ मा रंगेली अस्पताल चाैथाे स्थानमा 

हिमालीसंचार संवाददाता
३९० पटक

रबिन्द्र बराल -अस्पताल सेवा सुधार गर्न MSS-A तयारी उपकरण न्युनतम सेवा मापदण्ड लेख जोखा कार्यक्रम भएको छ। नगरकाे सभाहलमा भएको कार्यक्रममा रंगेली अस्पताल मा ६ महिनाकाे अबधिमा गरिएको सर्वेक्षणमा हरेक क्षेत्रमा राम्रो व्यवस्थापन गरेर ७० अंक ल्याउन सफल भएको MSS कार्यान्वयन कार्यक्रम खोज प्रसार NSI, Nck साइमन्स संस्थान जनाएको छ। संस्थानले ६ महिनाकाे अबधिमा प्रदेश १ मा रहेको सरकारी अस्पतालले जनतालाई कस्तो सेवा सुविधा र अस्पतालकाे व्यवस्था कसरी गरिरहेका छन भन्ने उदेश्यका साथ गरिएको अध्यनमा रंगेली अस्पतालले प्रदेश भरिका अस्पताल मध्ये ७० अंक ल्याएर चाैथाे स्थान ल्याउन सफल भएको छ ।

त्यसैगरी बिपि क्याप अस्पताल धरानले ६६ अंक संखुवासभा अस्पतालले ८१ अंक ताप्लेजुङ अस्पतालले ८२ अंक रंगेली अस्पतालले ७० अंकर र मेची अस्पतालले ४५ अंक ल्याएकाे छ। स्वास्थ्य संस्था सामान्य सेवापद माण्ड (न्यूनतम सेवा मानक-एमएसएस चेकलिस्टले रंगेली अस्पतालकाे सुशासनका व्यवस्थापन मापदण्ड क्लिनिकल सेवा व्यवस्थापनका , सेवा व्यवस्थापनका मापदण्ड , MSS कायम राख्न तथा अस्पताल व्यवस्थापनलाई उत्प्रेरित भएको समेत सहभागीहरुलाई जानकारी गराएका छन ।

संयुक्त मूल्याङन टोलीका सदस्य रंगेली अस्पताल मेसु डा अरुण भट्टराई , सुनसरी कटारी उदयपुर अस्पतालका मेसु डा. गौरव साह, जनस्वास्थ्य निरीक्षक, स्वास्थ्य निर्देशनालय, धनकुटाका सुश्री तारादेवी सुवेदी,एमएसएस कार्यान्वयन अधिकारी, स्वास्थ्य निर्देशनालय, धनकुटा क्लिनिकल सेवा व्यवस्थापनका श्रीजत दाहाल लगायत टाेलीहरुले अस्पताल काे मुल्यांकन समेत गरेका थिए ।

उनिहरुले अस्पतालमा सुधार गर्नेका लागि सुझावमा प्रशस्त र सुसज्जित आपतकालीन विभाग, राम्ररी व्यवस्थित प्रसूति अस्पताल र श्रम कोठा, समर्पित र उत्प्रेरित कर्मचारीहरूसँग सुसज्जित र विशाल दन्त विभाग, माइक्रोबायोलोजीको साथ राम्रोसँग स्थापित, दूरी र सुसज्जित प्रयोगशाला विभाग, रेडियोलोजिस्टसँग एक्स-रे, यूएसजी, ईसीजी अलग गर्नुपर्ने , विशेष सेवाहरू (MDGP, Obs/gynae, सर्जन, रेडियो, निर्मित नर्सिङ स्टेशन भएको वार्ड , अर्को OT निर्माणाधीन ओटीसँग सुसज्जित, राम्रोसँग कार्यात्मक र व्यवस्थित फार्मेसी ठूला तथा स साना काम समेत ध्यान दिन समेत सुझाव दिएका थिए ।

नगरकाे सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली ,कार्यकारी अधिकृत ओमकार प्रसाद न्याैपाने बडा अध्यक्ष रामचन्द्र, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवमणि कटुवाल, सदस्य अजिम आलम, रेडक्रसका विनोद कुमार मण्डल, स्वास्थ्य शाखाका व्रजेश कुमार महेता, दिपक प्रकाश तिम्सिना ,कृष्ण प्रसाद भटराई, अस्पतालका विभिन्न साखा प्रमुख लगायतकाे उपस्थिति समेत रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...