News Portal

कुवेतमा राष्ट्रिय स्वतन्त्र पाटीको प्रवास नेपाली सम्पर्क विभागको प्रथम अधिवेशन सम्पन्न

हिमालीसंचार संवाददाता
४६६ पटक

कुवेत – राष्ट्रिय स्वतन्त्र पाटी प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति  कुवेतको प्रथम अधिवेशन  जुन-३०, २०२३ शुक्रवारका दिन सम्पन भएकाे छ। प्रवास नेपाली सम्पर्क विभाग, केन्द्रिय समिति कुवेत गत अप्रिल २८ २०२३ मा पुष्कर धामिको संयोजकमा युवराज बस्यालको सभापतित्वमा तदर्थ समिती गठन गरिएको थियो।

प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेतका सभापति युवराज बस्यालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा भर्चुवलको माध्यमबाट पाटिका उपसभापति तथा सांसद डिबि आर्यलको प्रमुख अतिथित्यता रहेको थियो भने, प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, जापानका सभापति दिलेन्द्र जोशी, केन्द्रिय सदस्यहरु रतन बहादुर विश्वकर्मा, पदम राज पन्थि विशेष अतिथि रहेका थिए।

प्रमुख अतिथी विशेष अतिथि र कार्यक्रम हलमा उपस्थित “घण्टी ” आस्थावान दाजुभाई दिदिबहिनीहरुलाई गोबिन्द प्रसाद तिम्सीनाले स्वागत गर्दै, भर्चुवलबाटै राष्ट्रिय गानबाट शुरु गरि गत असार ७ गते पाटीको प्रथम वार्षिकत्सबलाई पनि समेट्दै दिप प्रज्वलन गर्दै घण्टी बजाउदै कार्यक्रमको बिधीवत उद्घाटन गर्दै गोबिन्द प्रसाद तिम्सीनाले कार्यक्रम संचालन गरेका थिए।

प्रमुख अतिथी केन्द्रीय उपसभापति तथा माननीय सांसद डिबि आर्यलले पाटीको र प्रवास समितीबारे बताउदै प्रमुख अतिथि अर्यालले भिडियोमार्फत सम्बोधन गर्दै कार्यसमितिका पदाधिकारीहरुले नेपालको समृद्दि र विकासका लागि ठूलो योगदान पुर्याएको बताउँदै विदेशमा रहेर राजनीति भन्दा पनि नेपालको विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा योगदान पुर्याउने र कुवेतमा रहेका नेपालीको सुख दुःखमा साथदिने उद्धेश्य र सोँचका साथ अगाडि बढ्न आग्रह गर्दै शुभकामना पनि दिनु भएको थियो।

त्यस्तै, विशेष अतिथी जापानका सभापति दिलेन्द्र जोशीले पाटी र प्रवास समिती भित्रको अनुशासनमा रहि आउदो ५ वर्षमा देशका लागि आमूल परिवर्तन र पहिले पाटी बनाउन आफू लागि परेको भन्दै शुभकामना दिए।

प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेत तदर्थ समितिका संयोजक पुष्कर धामिले देश र प्रवासबारे खुलेर पाटीप्रती सबैलाई जानकारी गराए। कार्यक्रमको अन्त्यमा सभापति बस्यालले प्रमुख अतिथि, विशेष अतिथि,अतिथि, उपस्थित सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई पाटी प्रतिको समर्थन, सहयोग र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ धेरैको संख्यामा सङठ्न बिस्तार गरि देश बिकास, पाटि र प्रवास समितिलाई धेरै नै टेवा पुर्याउने छौ भन्दै कार्यक्रम समापनको घोषणा गरे।

नयाँ कार्यसमितिका पदाधिकारीहरु :-

१. सभापति – युवराज बस्याल

२. उप सभापति – छबिलाल सुबेदी

३. महामन्त्री – इश्वर भण्डारी

४. सह महामन्त्री – मो. आलमगीर अन्सारी

५. कोषाध्यक्ष – गोबिन्द प्रसाद तिम्सीना

६. सह कोषाध्यक्ष – मो. मोहराम अली

७. सदस्य – ज्ञान प्रसाद पाण्डे

८. सदस्य – दिल माया बि. क.

९. सदस्य – रबिना कटुवाल

१०. सदस्य – भगवती माझी

११. सदस्य – दिनेश शाह

१२. सदस्य – मो. रहमान

१३. सदस्य – झबिन्द्र ब. टन्डन

१४. सदस्य – अर्चना कार्की

१५. सदस्य – बिजय थापा

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...