News Portal

संसदमा तस्बिर नराखेकोमा उपसभामुख इन्दिरा रानाको असन्तुष्टि

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडौं। उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभामुखको राख्ने गरेपनि उपसभामुखको नराखिएको बताइन्।

उनले आफू केही समयअघि सिंगापुरको संसद भवनमा गरेको भ्रमणबारे बताउँदै संसदमा राखिएका सभामुखका तस्बिरबारे बताएकी थिइन्। त्यहाँको संसदमा विगतदेखि वर्तमानसम्मका सभामुखको तस्बिर राखेको पनि उनले बताइन्।

‘अस्ति म सिंगापुर गएको थिएँ। डब्ल्युटिओको कन्फ्रेन्समा। त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ। त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्युले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राखिएको छ अभिलेखको रूपमा,’ उनले भनिन्।

तर नेपालमा त्यस्तो नभएको भन्दै प्रश्न गरिन्। ‘हामीमा खै त त्यस्तो ? भित्र पस्ने बित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ। हाम्रो त छैन,’ उनले भनिन्, ‘उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ। यो कुरा मनन गर्नुपर्छ।’

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...