News Portal

संसदमा तस्बिर नराखेकोमा उपसभामुख इन्दिरा रानाको असन्तुष्टि

हिमालीसंचार संवाददाता
३३७ पटक

काठमाडौं। उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभामुखको राख्ने गरेपनि उपसभामुखको नराखिएको बताइन्।

उनले आफू केही समयअघि सिंगापुरको संसद भवनमा गरेको भ्रमणबारे बताउँदै संसदमा राखिएका सभामुखका तस्बिरबारे बताएकी थिइन्। त्यहाँको संसदमा विगतदेखि वर्तमानसम्मका सभामुखको तस्बिर राखेको पनि उनले बताइन्।

‘अस्ति म सिंगापुर गएको थिएँ। डब्ल्युटिओको कन्फ्रेन्समा। त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ। त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्युले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राखिएको छ अभिलेखको रूपमा,’ उनले भनिन्।

तर नेपालमा त्यस्तो नभएको भन्दै प्रश्न गरिन्। ‘हामीमा खै त त्यस्तो ? भित्र पस्ने बित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ। हाम्रो त छैन,’ उनले भनिन्, ‘उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ। यो कुरा मनन गर्नुपर्छ।’

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...