News Portal

  • कोशी प्रदेशमा ढल्यो हिक्मत कार्की नेतृत्वको सरकार

    हिमालीसंचार संवाददाता
    ३४९ पटक

    रविन्द्र बराल/विराटनगर – कोशी प्रदेशमा एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ। सरकारमा सहभागी दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि शुक्रबार मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएसँगै कार्की नेतृत्वको सरकार ढलेको हो ।  

    प्रदेश सभामा कुल ९३ सदस्यीय भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको सभामुख बाबुराम गौतमले घोषणा गरे । मतदानमा ८९ जना सांसद मात्र  सहभागी थिए । 

    कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो। सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन् । 

    कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् । कार्कीलाई विश्वासको मतको पक्षमा एमालेका ४० र राप्रपाको ६ सांसदलेमात्रै समर्थन गरेका छन् । कार्की गत मंसिरमा भएको निर्वाचनपछि पुस २४ मा मुख्यमन्त्री निर्वाचित भएका थिए । 

    कार्की नेतृत्वको सरकारले प्रदेश सभामा विस्वासको मत नपाएसँगै अव नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान गर्नेछन् । तर, कांग्रेस माओवादीलाई समेत सरकार गठन गर्न र टिकाउन पुग्ने बहुमत सांसद नभएकाले अन्योल भएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...