News Portal

एमाले राजतन्त्र व्यवस्थाका पक्षमा छैन : केपी ओली

हिमालीसंचार संवाददाता
२४७ पटक

काठमाण्डौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू राजतन्त्र वा पूँजीवादी व्यवस्थाका पक्षमा नभएको बताएका छन्।

एमालेका पूर्व महासचिव मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा बिहीबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको ‘जबजका आयाम र विशेषता’ विषयक विचारगोष्ठी एवं पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरू समाजवादको पक्षमा रहेको बताए।

विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका वेला नेता भण्डारीले नेपाली समाजको विशेषतामा आधारित जबजको सिद्धान्त ल्याएको ओलीले उल्लेख गरे। “नेपालको संविधानको प्रस्तावनामा हामीले जबजकै सचेत प्रयासमा समाजवादोन्मुख शब्दावली राखका हौं,” अध्यक्ष ओलीले भने, “हामी जन्मसिद्ध श्रेष्ठतामा आधारित राजतन्त्र वा सीमित व्यक्ति धनी हुने पूँजीवादी व्यवस्थाका पक्षमा छैनौं। समानता र सामाजिक न्याय सहितको पूर्ण लोकतन्त्रका पक्षमा छौं।”

उनले समाज रूपान्तरणका लागि अविचलित भएर लाग्नुपर्ने बताए। “कहिलेकाहीं मोर्चामा हार खान सकिन्छ, तर आन्दोलनले हार्दैन र हामी अविचलित रूपमा समाजको रूपान्तरणका लागि लागिरहनुपर्छ। जबजको मार्गदर्शन पनि यही हो,” ओलीले भने।

उनले मुलुकमा भोकमरी र गरीबी कायमै रहँदासम्म विकास र मानव अधिकारका गफ दिनुको कुनै सार्थकता नहुने जिकिर गरे। आफू प्रधानमन्त्री हुँदा खान नपाएर र उपचार नपाएर कोही मर्नु नपरोस् भन्ने सोचका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प अघि सारेको उनको भनाइ थियो। मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)कै अनुसरणमा उक्त राष्ट्रिय सङ्कल्प आएको उनले बताए।

नेपाल ज्ञानभूमि र तपोभूमि भएको जिकिर गर्दै अध्यक्ष ओलीले पुर्खाको त्यो ज्ञान र योगदानको जगमा यस उर्वर र जीवनमय भूमि नेपाललाई समृद्ध बनाउन राजनीतिक दल र जनता लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दिशाबोध पुस्तक विमोचन गरेकी छन्। फाउन्डेशनले यसको प्रकाशन गरेको हो।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...