News Portal

एमाले राजतन्त्र व्यवस्थाका पक्षमा छैन : केपी ओली

हिमालीसंचार संवाददाता
३०१ पटक

काठमाण्डौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू राजतन्त्र वा पूँजीवादी व्यवस्थाका पक्षमा नभएको बताएका छन्।

एमालेका पूर्व महासचिव मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा बिहीबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको ‘जबजका आयाम र विशेषता’ विषयक विचारगोष्ठी एवं पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरू समाजवादको पक्षमा रहेको बताए।

विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका वेला नेता भण्डारीले नेपाली समाजको विशेषतामा आधारित जबजको सिद्धान्त ल्याएको ओलीले उल्लेख गरे। “नेपालको संविधानको प्रस्तावनामा हामीले जबजकै सचेत प्रयासमा समाजवादोन्मुख शब्दावली राखका हौं,” अध्यक्ष ओलीले भने, “हामी जन्मसिद्ध श्रेष्ठतामा आधारित राजतन्त्र वा सीमित व्यक्ति धनी हुने पूँजीवादी व्यवस्थाका पक्षमा छैनौं। समानता र सामाजिक न्याय सहितको पूर्ण लोकतन्त्रका पक्षमा छौं।”

उनले समाज रूपान्तरणका लागि अविचलित भएर लाग्नुपर्ने बताए। “कहिलेकाहीं मोर्चामा हार खान सकिन्छ, तर आन्दोलनले हार्दैन र हामी अविचलित रूपमा समाजको रूपान्तरणका लागि लागिरहनुपर्छ। जबजको मार्गदर्शन पनि यही हो,” ओलीले भने।

उनले मुलुकमा भोकमरी र गरीबी कायमै रहँदासम्म विकास र मानव अधिकारका गफ दिनुको कुनै सार्थकता नहुने जिकिर गरे। आफू प्रधानमन्त्री हुँदा खान नपाएर र उपचार नपाएर कोही मर्नु नपरोस् भन्ने सोचका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प अघि सारेको उनको भनाइ थियो। मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)कै अनुसरणमा उक्त राष्ट्रिय सङ्कल्प आएको उनले बताए।

नेपाल ज्ञानभूमि र तपोभूमि भएको जिकिर गर्दै अध्यक्ष ओलीले पुर्खाको त्यो ज्ञान र योगदानको जगमा यस उर्वर र जीवनमय भूमि नेपाललाई समृद्ध बनाउन राजनीतिक दल र जनता लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दिशाबोध पुस्तक विमोचन गरेकी छन्। फाउन्डेशनले यसको प्रकाशन गरेको हो।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...