News Portal

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

हिमालीसंचार संवाददाता
२८२ पटक

रविन्द्र बराल/विराटनगर – कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन्। उनले आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएका छन् । तर उनको पक्षमा बहुमत नपुगे के हुने भन्ने अन्योल देखिएको छ।

नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले सहज रुपमा विश्वासको मत पाउने अवस्था छैन्। मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए अर्को दललाई बहुमत जुटाएर सरकार गठन गर्न पनि अप्ठ्यारो छ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, राप्रपाका ६ गरी ४६ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ। तर सरकार टिकाइराख्न उनलाई ४७ सदस्यको समर्थन आवश्यक हुन्छ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एकजना गरी ४७ सदस्य छन्। यता सभामुख माओवादी केन्द्रका बाबुराम गौतम छन्।

प्रदेश सभामा दुवैतर्फ बराबरी मत भएको अवस्थामा बाहेक सभामुखले मतदान गर्न पाउँदैनन्। एमाले र राप्रपाका कुनै प्रदेशसभा सदस्य अनुपस्थित भएको अवस्थामा सभामुखले मतदान गर्न नपाउने भएकाले नयाँ बन्ने सरकारले पनि विश्वासको मत पाउने अवस्था देखिँदैन। 

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...