News Portal

हंसराज जस्तो सहि काम गर्नेलाई साथ दिदा मुद्दा लाग्छ भने मलाई प्रवाह छैन: मन्त्री राजभण्डारी

हिमालीसंचार संवाददाता
३४१ पटक

मोरङ। कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले आफु विरुद्ध मुद्दा परेको विषयमा मुख खोलेका छन्। उनले सो बारेमा थाहा नभएको बताउदै सहि सत्य बोल्दा कारबाही हुनु लज्जास्पद हुने बताए।

उनले भने, मलाई थाहा छैन हंसराजी जस्तो सहि काम गर्नेलाई साथ दिएको हु। उहाँको ठाउँमा अरु भएको भए के गर्थे होला।

राजभण्डारीले शिक्षादीप कलेजले आइतबार गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीशहरुले पैसा खाएर स्टेअर्डर दिएको विवादित अभिव्यक्ति दिएको बताइएको छ।

त्यही अभिव्यक्तिका कारण उनीविरुद्ध मंगलबार अदालतको अवहेलना मुद्दा दायर भएको थियो। उनले सहि सत्य बोल्दा मुद्दा दायर भएर जालसाजि गर्दा प्रबाह नहुने बताए।

मन्त्री राजभण्डारीको अभिव्यक्तिले अदालतको अवलना भएको भन्दै अभिवक्ता उद्धवचन्द्र घिमिरेले मुद्दा दायर गरेका थिए। कार्यक्रमका बोल्ने क्रममा मन्त्री राजभण्डारीले न्यायाधीशहरुलाई फटाहा र कलंकको संज्ञा समेत दिएका थिए।

मन्त्रीले राजभण्डारीको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलनाको विषय बनेको जाहेरीमा उल्लेख छ।

निवेदनमा मन्त्री राजभण्डारीलाई अदालतको अवहेलनामा १ वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना गर्न माग गरिएको छ।

कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निणर्य गरेको थियो।

उक्त निणर्यविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो।

फेरि उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो। त्यही आदेशविरुद्ध मन्त्री राजभण्डारीले आक्रोश व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...