News Portal

पशुपतिको जलहरीमा भेटियो सुन कम, दिनहुँ जलले नुहाउँदा पखालेर घटेको दाबी

हिमालीसंचार संवाददाता
४०४ पटक

काठमाडौं। पशुपतिनाथ मन्दिरको जहलहरीमा आधा केजी सुन कम पाईएको छ। जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतबार जलहरीको नापजाँच गरेको थियो।

पशुपतिको जलहरीमा कूल १ सय ७ केजी ९५३ ग्राम सुन हुनुपर्नेमा आधा केजी सुन कम पाइएको हो। पशुपतिनाथको जलहरीमा झण्डै ४२ लाखको सुन कम भेटिएको छ।

आइतबार पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुनचाँदी व्यवसायी महासंघ, नेपाल प्रहरी लगायतको टोलीले गरेको जलहरी जाँचका क्रममा झण्डै आधा केजी सुन कम भएको पाइएको हो।

पशुपतिको जलहरी प्रकरणमा अख्तियारले चासो देखाएसँगै आइतबार जाँचका क्रममा पशुपतिमा राखिएको जलहरीमा कुल १०७.७६ केजि सुन हुनुपर्नेमा १०७.४६८७ केजि सुन भेटिएको हो।

जलहरीमा प्रयोग भएको सुनमध्ये १०७.९५३ केजी सुन २४ क्यारेट सुन हो। जसमा तामापितल थप गरी २२ क्यारेटको १०७.७६ केजि सुन जलहरीमा प्रयोग भएको थियो। तर, जाँचका क्रममा पशुपतिनाथको जलहरीमा झण्डै आधा केजि सुन कम भेटिएको हो।

यता पशुपति क्षेत्र विकास कोषले भने दिनहुँ दही तथा जलले नुहाउँदा पानिले पखालेर आधा केजी सुन घटेको दाबी गरेको छ। पशुपतिनाथको जलहरी प्रकरणमा सुन हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघले पनि दाबी गरेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...