News Portal

देउवा फेरी प्रधानमन्त्री बन्ने

हिमालीसंचार संवाददाता
३८६ पटक

काठमाडौं, १० असार। ज्योतिष एवं वास्तुविद् सुरेशचन्द्र रिजालले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने योग बन्दै गएको बताएका छन्।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलाले अहिले राजनीतिक परिवर्तनको मोडमा आएको र देउवाको प्रधानमन्त्री बन्ने योग बलियो रहेको बताएका छन्।

‘सक्षम मान्छे देशमा आओस् भन्ने चाहना हो सबै जनाको। अहिलेको परिस्थिति केही परिवर्तन छ। फेरि पनि शेरबहादुर देउवा प्रधानमन्त्री हुने योग बन्न लागेको छ,’– उनले भने।

अहिले बनेको गठबन्धन राम्रो समयमा नबनेको उनले बताए। अहिले बनेको गठबन्धन शनीको साढेसातीमा परेको उनको दाबी छ। देश अप्ठ्यारोमा पर्दाखेरि देउवा प्रधानमन्त्री बन्ने उनको दाबी छ। देउवाले यसअघि पनि गम्भीर मोडमा देशलाई निकास दिएको उनले बताए।

देउवा प्रधानमन्त्री बन्ने योग असार २५ गते, मंसिर र त्यो भन्दा पछाडि पनि रहेको उनले दाबी गरे।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...