News Portal

स्याङ्जाको हरिनास गाउँपालिकाको गाउँसभामा विवाद

श्रीकृष्ण सिग्देल
३७६ पटक

स्याङ्जा। हरिनास गाउँपालिकाको गाउँसभाको १३ औं अधिवेसनमा विवादमा परेको छ। गाउँसभामा अध्यक्ष खिमनारायण मानन्धरले एकलौटी बजेट बिनियोजन गरेको आरोप लागेपछि विवादमा परेको हो।

वडा अध्यक्षहरुले सिफारीस गरेका योजनाहरु समेत बजेटमा नसमेटि मनोमानी ढंगले सभामा बजेट पेश भएको भन्दै वडा अध्यक्ष र सदस्यहरुले सभा बहिस्कारसमेत गरेको जानकारी दिएका छन्।

आर्थिक बर्ष २०८०–०८१ को बजेट पेश गर्ने गाउँसभामा स्थानीय सरकार संचालन ऐन २०७४ बिपरीत अपनाउनुपर्ने प्रक्रिया समेत नअपनाएर बहुमतको दम्भ देखाउदै एकलौटी ढंगले बजेट पेस गरिएको आरोप उनीहरुको छ।

वडा नम्बर १, २ र ५ का वडा अध्यक्षसहित १३ जनाले सदस्यले हस्ताक्षर गरेर बजेट पुन: शंसोधन गर्न माग गरेका छन्। स्थानीय सरकार संचालन ऐनको दफा ७१ को व्यवस्थालाई कार्यन्वयन गरी बजेट शंसोधन गरेर मात्रै गाउँसभा सम्पन्न गर्न उनीहरुले अनुरोध गरेका छन्।

शंसोधन नगरी यही सभाले बजेट पास गरेर कार्यन्वयनमा गएमा अन्य प्रक्रियामा जाने चेतावनीसहित उनीहरुले अध्यक्ष मानन्धरलाई ज्ञापनपत्र बुझाएका छन्।

गाउँपालिकामा प्रतिपक्षको रुपमा रहेको गठबन्धनका जनप्रतिनिधिले वडाबाट सिफारीस गरेका कुनैपनि योजनालाई बजेटमा नसमेटिएको आरोप छ। वडाका जनताको चाहाना विपरीत गाउँपालिका अध्यक्षले राजनीतिक आवरण देखाएर मनोमानी ढंगले प्रतिपक्षको कुनै सुनुवाई नगर्नु दुखद भएको वडा अध्यक्ष निर्मल लम्सालले बताए।

उनका अनुसार आज पेश भएको बजेट शंसोधन नगरेमा पालिकालाई दिइने योजनाको सिफारीसमा समेत रोक लगाइने जानकारी दिए। बेलाबेलामा विवादित बन्दै आएका गाउँपालिका अध्यक्ष मानन्धरले गत आर्थिक बर्षमा पनि बजेट बिनियोजनमा बिभेद गरेका थिए।

गाउँपालिकाको १३ औं अधिवेसनले झण्डै ४३ करोडको बजेट पशे भएको छ। गाउँपालिका उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले १३ औं अधिवेसनमा उक्त बजेट पेश गरेकी थिइन्। बजेटको पुर्णपाठ सुनाएपछि प्रतिपक्षदल नेपाली काँग्रेस र नेकपा माओवादीका सदस्यहरुले सभा बहिष्कार गरी बाहिरीएका थिए।

नेकपा एमाले पार्टीबाट पुन: दोस्रो पटक निर्वाचित भएका गाउँपालिका अध्यक्ष मानन्धरले आफ्ना पार्टीका कार्यकर्ताले माग गरेको आधारमा बजेट छुट्टाउदै आएको आरोप लाग्दै आएको छ।

हरेक बिकास बजेटमा मनपरी खर्च गर्दै सदुपयोगिता भन्दा पनि कमाउ धन्दामा लिप्त रहेको आरोप स्थानीयले लगाउदै आएका छन्। उनी हरेक पटक अख्तियारको नजरमा पर्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...