News Portal

बाँकेको जानकी गाउँपालिकामा अनौठो दृश्य: अनपढ अध्यक्ष, चतुर हाकिम र छाया अध्यक्षको ‘रजगज’

हिमालीसंचार संवाददाता
२३४३ पटक

असार ७, २०८० बाँके। जानकी गाउँपालिकाले बिहीबार आफ्नो १४ औं गाउँसभा गर्दा अनौठो दृश्य देखिएको छ। सभामा गाउँपालिका अध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र उपाध्यक्षले बजेट प्रस्तुत गर्ने नीतिगत ब्यवस्था रहेको छ। तर, उक्त गाउँपालिकाको गाउँसभामा अध्यक्ष छब्बन खाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेनन्। उनी मञ्चमा अन्य अतिथीसँगै बसिरहे।

नीति तथा कार्यक्रम उनका लागि ‘काला अक्षर भैसी बराबर’ भयो। ‘अनपढ’(एक कक्षा पनि नपढेका) अध्यक्ष खाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मा मञ्चबाटै ‘छाया अध्यक्ष’ टिकानाथ यादवलाई सुम्पिए। उनले नै आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे। यादव जानकी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष हुन्। कार्यपालिका सदस्य समेत रहेका यादव गाउँपालिकाले बनाएको लाभ प्राप्त हुने अधिकांस समितिको पनि नेतृत्व गरिरहेका छन्।

आर्थिक मामिलामा ‘चतुर खेलाडी’ मानिने यादव गाउँपालिका अध्यक्ष खाँका विश्वास पात्र मात्रै छैनन्, अहिले उनी गाउँपालिकाकै ‘छायाँ अध्यक्ष’ भएर काम गरिरहेको अधिकांस जनप्रतिनिधिहरु बताउँछन्। अनपढ अध्यक्षले नेतृत्व गरेको उक्त गाउँपालिकामा ‘चतुर’ प्रशासकीय अधिकृत सिंहबहादुर डाँगी कार्यरत छन्। यसअघि बाँकेकै राप्ती सोनारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका डाँगीको आर्थिक विषयमा कुरा नमिल्दा त्यहाँबाट सरुवा हुनु परेको बताइन्छ। आर्थिक कुरामा जस्तो सुकै सम्झौता गर्न पछाडी नपर्ने स्वभावका डाँगीले सेवाग्राहीसँग घुस नलिदाँसम्म कुनैपनि काम अगाडी बढाउन नचाहने गरेको उनका सहकर्मी बताउँछन्।

स्थानीय सरकार प्रमुख ‘अनपढ’ हुनुको फाईदा यिनै प्रमुख प्रशासकीय अधिकृत डाँगी र छाया अध्यक्षका रुपमा चिनिने यादवले नै मनग्य फाईदा लिइरहेको जानकी गाउँपालिकाभरी चर्चा छ। यि दुबै जनाले बजेट बनाउनेदेखी खर्चिने सम्मको काममा एकाधिकार जमाउने गरेको जनप्रतिनिधिहरुको गुनासो छ।

आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित योजना तथा कार्यक्रमबाट डाँगी र यादवले ठुलै आर्थिक लाभ लिन सफल भएको बताईन्छ। प्रमुख प्रशासकीय अधिकृत डाँगी जानकीमा सरुवा भएर आएको एक वर्ष नपुग्दै करिव ६० लाख रुपैयाँ पर्ने सुविधायुक्त गाडी किनेका छन्। ‘अध्यक्षले लेखपढ गर्न जान्दैनन्, त्यसको फाईदा गाउँपालिकाबाट छाया अध्यक्ष यादव र हाकिमले नै लिन पाएका छन्, उनीहरुमाथी अहिलेसम्म कसैले पनि छानविन गरेको छैन।’ उक्त गाउँपालिकामा भएको भ्रष्टाचार र अनियमितताविरुद्ध अख्यितयार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जमा भने दर्जनौं उजुरी परिसकेको बताइएको छ।

अध्यक्ष खाँ, प्रमुख प्रशासकीय अधिकृत डाँगी र वडाअध्यक्ष यादवको कार्यशैलीबाट दिक्क भएकी उपाध्यक्ष रामप्यारी यादव पछिल्लो समयमा गाउँपालिका कमै मात्रामा जाने गरेकी छन्। यतिसम्मकी अध्यक्ष खाँ र प्रमुख प्रशासकीय अधिकृत डाँगीले उपाध्यक्ष रामप्यारीलाई थर्काएर आफुहरुको निर्देशन अनुसार नचल्ने हो भने सबै सुबिधा कटौती गरिदिने धाकधम्कीसमेत दिने गरेका छन्। उपाध्यक्ष रामप्यारी आफुमाथी गरेको अन्यायविरुद्ध जिल्लास्थित नेपाली काँग्रेस पार्टी कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला न्यायिक समिति संघ समक्ष मौखिक रुपमा गुनासो पोखेकी छन्। आफुमाथी अन्याय भएको भन्दै अघिल्लो गाउँसभालाई उपाध्यक्ष रामप्यारीले बहिष्कार गरेकी थिइन्। गाउँपालिकाको यस्तो शैली देखेर जानकी गाउँपालिकाभित्रका सर्बसाधारण नागरिकहरु समेत आजित भईसकेका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...