News Portal

अखण्ड भारतको नक्साबारे नेपाललाई जानकारी छैन : परराष्ट्रमन्त्री

हिमालीसंचार संवाददाता
२७२ पटक

काठमाडौं। भारतकाे नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको नक्साबारेमा नेपाललाई जानकारी नरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्।

भारतीय टिभि आजतकलाई दिएको एक अन्तर्वार्तामा मन्त्री साउदले नक्साबारे नेपाल जानकारी नरहेको र उक्त विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा सभकक्षी नरेन्द्र मोदीसँग कुनै छलफल नभएको बताएका हुन्।

‘यो मुराल नक्साको मामिला हामीलाई जानकारी नै छैन। जुन कुरा हामीलाई थाहा छैन उक्त विषय नेपालले उठाउन जरूरी नै छैन,’ मन्त्री साउदले भनेक छन्।

यद्यपि मन्त्री साउदले फेसबुकतिर भने एउटा तस्बिर देखेको भनेर स्विकारेका छन्। ‘यो सिमानाको कुरा पनि हैन। आजभन्दा २५ सय वर्ष अघिका गणराज्यहरु अंगित तस्बिर फेसबुकतिर आएको छ। त्यसकारण यस बिषयमा हम्रो कुनै छलफल भएन,’ मन्त्री साउदले भनेका छन्।

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...