News Portal

अखण्ड भारतको नक्साबारे नेपाललाई जानकारी छैन : परराष्ट्रमन्त्री

हिमालीसंचार संवाददाता
२५७ पटक

काठमाडौं। भारतकाे नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको नक्साबारेमा नेपाललाई जानकारी नरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्।

भारतीय टिभि आजतकलाई दिएको एक अन्तर्वार्तामा मन्त्री साउदले नक्साबारे नेपाल जानकारी नरहेको र उक्त विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा सभकक्षी नरेन्द्र मोदीसँग कुनै छलफल नभएको बताएका हुन्।

‘यो मुराल नक्साको मामिला हामीलाई जानकारी नै छैन। जुन कुरा हामीलाई थाहा छैन उक्त विषय नेपालले उठाउन जरूरी नै छैन,’ मन्त्री साउदले भनेक छन्।

यद्यपि मन्त्री साउदले फेसबुकतिर भने एउटा तस्बिर देखेको भनेर स्विकारेका छन्। ‘यो सिमानाको कुरा पनि हैन। आजभन्दा २५ सय वर्ष अघिका गणराज्यहरु अंगित तस्बिर फेसबुकतिर आएको छ। त्यसकारण यस बिषयमा हम्रो कुनै छलफल भएन,’ मन्त्री साउदले भनेका छन्।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...