News Portal

  • मोरङको आधारभूत विधालयले ४१औं स्थापना दिवस मनायो, भवनको सुधारदेखि अक्षय कोषको स्थापना

    हिमालीसंचार संवाददाता
    २३८ पटक

    रविन्द्र वराल/मोरङ – मोरङको कटहरी गाउँपालिका-४ स्थित खयरबनामा वि.स. २०३९ सालमा स्थापना भएको श्री आधारभूत विद्यालय खयरबनाले आफ्नो ४१औं स्थापना दिवस मनाएको छ। बिधालयको प्रागंनमा एक कार्यक्रमको आयोजना गर्दे ४१औं  बार्षिक उत्सव मनाएको हो।

    आयोजित कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष  देवराज चौधरी, विशिष्ट अतिथि सितादेवी राजवंशी, गाउँपालिका अधिकृत रोहिणी आचार्य, शिक्षा साखा प्रमुख  द्रोण प्रसाद पोखरेल, विराटनगर राउण्ड टेवल नं. १० का भास्कर सोनी, समाज सेवि विद्यानन्द माझी, शम्भु सापकोटा, बिधालयका प्रधानाध्यापक बलवहादुर बस्नेत, बिधालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र मुसहर, शिक्षकहरु, अभिभावक र स्थानीय लगायतको उपस्थिति रहेको थियो। 

    बिधालयले कक्षागत प्रथम, दिद्वित र तृतीय हुने तथा  छात्र-छात्राहरुलाई कलम, कापी, पेन्सिल ज्यमिति बक्स लगायत शैक्षिक सामाग्री वितरण गरिएको थियो । 

    अभिभावक भेलामा बिधालयको प्रतिवेदन बिधालयका प्रधानाध्यपक बलबहादुर बस्नेतले प्रस्तुत समेत गरेका थिए ।  शिक्षिका तथा बालबालिकाहरुले अथितिहरुलाई विभिन्न गीतहरुमा नृत्य गरेर मनोरञ्जन समेत गराएका थिए । कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत दुई कोठे भवन उद्घाटन समेत गरिएको थियो । 

    जेहेन्दार तथा अनुसाशित छात्रवृत्तिको समेत स्थापना स्व. बद्रीनारायण माझी र स्व. शहरीदेवी माझी स्मृतिमा छोरा  विद्यानन्द माझीले नगद १ लाख ५१ हजारको अक्षयकोषको स्थापना गरेका थिए। बिधालयका प्रधानाध्यापक बलवहादुर बस्नेतले जिम्मेवारी लिएपछि बिधालयमा पठनपाठनदेखि भवन निर्माण लगायत सबै पक्षको परिवर्तन भएको सहभागीहरुले बताएका थिए ।  

    प्रधानाध्यापक बलबहादुर बस्नेतले बिधालयमा  आफू र सम्पुर्ण शिक्षक कर्मचारीहरुका लागि बस्ने कुर्सी आफ्नै लागतबाट  खरिद गरेका छन । बिगतका दिनहरुमा बिधालयको प्राङ्गणमा चारैतिर फोहर, झोडी र भवन समेत जिर्ण अवस्थामा रहेको र बर्षाको समयमा कक्षा कोठामा पानी छिर्ने र बिधालय छुट्टी दिनु पर्ने बाध्यता रहेको  थियो। 

    बिधालयमा विराटनगर प्राइम राउन्ड टेवल नम्बर १० को सहयोगमा करिब १० लाख रुपैयाँ बराबरको लागतमा जिर्ण रहेको स्कुलमा रंगरोगन, विद्धुतिकरण गरिए पश्चात् सिकाईमा सहज वातावरण बन्दै गएको छ। राउन्ड टेबलले नै प्रत्येक वर्ष विद्यार्थीहरुलाई विद्यालय पोशाक, जुत्ता, झोला र स्टेसनरीका सामाग्री उपलब्ध गर्दै आएको जानकारी समेत गराए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल

    अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका...

    विपद् व्यवस्थापनमा तीनै तहको हातेमालो आवश्यक : गृहमन्त्री लेखक

    काठमाडौं, असार ३२ – गृहमन्त्री रमेश लेखकले नेपालको भूगोल नै जोखिमयुक्त भएकाले विपद् व्यवस्थापनलाई प्रभावकारी...

    काठमाडौं चक्रपथमा गुड्न थाले १२ वटा नयाँ विद्युतीय बस

    काठमाडौं, असार ३२ – काठमाडौंको चक्रपथ क्षेत्रमा आजदेखि १२ वटा विद्युतीय बस सञ्चालनमा आएका छन्।...

    लागुऔषधसहित दमक र ईटहरीका दुई युवा पक्राउ

    रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको रंगेली–४ आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित दुई जना...

    भिजिट भिसामा स्पेन गएर नफर्कनेबारे सरकारको कडाइ : प्रवक्ता गुरुङ

    काठमाडौं, असार ३२ — स्पेन भ्रमणका लागि भिजिट भिसा लिइ यात्रा गरेका नेपाली नागरिक समयमै...