News Portal

किरात राई सांस्कृतिक कलाकार संघको अध्यक्ष शालिक सताशक राई चयन

हिमालीसंचार संवाददाता
२९३ पटक

धरान – “किरात इतिहास, संस्कृति र प्राचिन सभ्यताको सम्मान, किरात पहिचान सहित १ न प्रदेशको नामाङ्कन” भन्ने मुल नाराका सहित धरानमा जेठ १३ गतेदेखि शुरु भएको छैटौं  राष्ट्रिय महाधिवेशनबाट शालिक सताशकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

त्यस्तै, उपाध्यक्षमा रोशन राई, सुशीला राई, नवीन राई, महासचिवमा पदम थुलुङ राई, सचिवमा मुकेश राई, शुखकला राई, डिबी राई, कोषाध्यक्षमा मेनुका राई, सहकोषाध्यक्षमा खुसेनिछो चाम्लिङ राई, सदस्यमा अर्जुन कुलुङ राई, अनुका राई र राज के राई निर्वाचित भएका छन् ।

संघले सोमबार पत्रकार सम्मेलन मार्फत निवार्चित कार्यसमिति र ६ बुँदे धरान घोषणा पत्र समेत जारी गरेको जानकारी दिएको हो । धरान घोषणा पत्रको पहिलो बुदामा प्रदेश नं १ लाई किरात प्रदेश नाम स्थापित गर्न विभिन्न प्रकारका सांस्कृतिक, राजनितिक तथा रचनात्मक रुपमा आन्दोलन गर्ने भएको छ भने किरात मौलिक गीत संगित, जीवन व्यवहार पद्धतिको खोज अध्ययन र अनुसन्धान गरी दस्तावेजीकरण गर्दै जाने पनि घोषणा गरेका छ । किराती समुदायसंग समारिक महत्व राख्ने गढीकोट ऐतिहासिक स्थल, संस्कृति, मुन्धुमी सस्कारहरुलाई विभिन्न माध्यमबाट संरक्षण, सम्बर्द्धन, प्रबद्धन र अध्ययान अनुसन्धान गर्दै जाने पनि घोषणा पत्रमा उल्लेख छ । 

किराती सस्कृतीलाई आत्मसाथ गर्दै संस्कृतिलाई सुदृढकरण गरी उन्नत सस्कृति निमार्ण गर्ने, किराती संस्कृतिको क्षेत्रमा काम गर्ने स्रष्टहरुको खोज गरी बायोडाटा समेटिएको पुस्तक प्रकासन गरी प्रोत्साहन गर्दै जाने र किरात समुदायको मौलिक संस्कृति, मौलिक बाजा, भेषभुषासंग सम्बन्धित विज्ञबाट विभिन्न जिल्ला कार्यसमितीमा अन्तरगत, प्रशिक्षण संचालन गर्ने घोषणा पत्रमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...