News Portal

  • किरात राई सांस्कृतिक कलाकार संघको अध्यक्ष शालिक सताशक राई चयन

    हिमालीसंचार संवाददाता
    २०४ पटक

    धरान – “किरात इतिहास, संस्कृति र प्राचिन सभ्यताको सम्मान, किरात पहिचान सहित १ न प्रदेशको नामाङ्कन” भन्ने मुल नाराका सहित धरानमा जेठ १३ गतेदेखि शुरु भएको छैटौं  राष्ट्रिय महाधिवेशनबाट शालिक सताशकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

    त्यस्तै, उपाध्यक्षमा रोशन राई, सुशीला राई, नवीन राई, महासचिवमा पदम थुलुङ राई, सचिवमा मुकेश राई, शुखकला राई, डिबी राई, कोषाध्यक्षमा मेनुका राई, सहकोषाध्यक्षमा खुसेनिछो चाम्लिङ राई, सदस्यमा अर्जुन कुलुङ राई, अनुका राई र राज के राई निर्वाचित भएका छन् ।

    संघले सोमबार पत्रकार सम्मेलन मार्फत निवार्चित कार्यसमिति र ६ बुँदे धरान घोषणा पत्र समेत जारी गरेको जानकारी दिएको हो । धरान घोषणा पत्रको पहिलो बुदामा प्रदेश नं १ लाई किरात प्रदेश नाम स्थापित गर्न विभिन्न प्रकारका सांस्कृतिक, राजनितिक तथा रचनात्मक रुपमा आन्दोलन गर्ने भएको छ भने किरात मौलिक गीत संगित, जीवन व्यवहार पद्धतिको खोज अध्ययन र अनुसन्धान गरी दस्तावेजीकरण गर्दै जाने पनि घोषणा गरेका छ । किराती समुदायसंग समारिक महत्व राख्ने गढीकोट ऐतिहासिक स्थल, संस्कृति, मुन्धुमी सस्कारहरुलाई विभिन्न माध्यमबाट संरक्षण, सम्बर्द्धन, प्रबद्धन र अध्ययान अनुसन्धान गर्दै जाने पनि घोषणा पत्रमा उल्लेख छ । 

    किराती सस्कृतीलाई आत्मसाथ गर्दै संस्कृतिलाई सुदृढकरण गरी उन्नत सस्कृति निमार्ण गर्ने, किराती संस्कृतिको क्षेत्रमा काम गर्ने स्रष्टहरुको खोज गरी बायोडाटा समेटिएको पुस्तक प्रकासन गरी प्रोत्साहन गर्दै जाने र किरात समुदायको मौलिक संस्कृति, मौलिक बाजा, भेषभुषासंग सम्बन्धित विज्ञबाट विभिन्न जिल्ला कार्यसमितीमा अन्तरगत, प्रशिक्षण संचालन गर्ने घोषणा पत्रमा उल्लेख छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल

    अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका...

    विपद् व्यवस्थापनमा तीनै तहको हातेमालो आवश्यक : गृहमन्त्री लेखक

    काठमाडौं, असार ३२ – गृहमन्त्री रमेश लेखकले नेपालको भूगोल नै जोखिमयुक्त भएकाले विपद् व्यवस्थापनलाई प्रभावकारी...

    काठमाडौं चक्रपथमा गुड्न थाले १२ वटा नयाँ विद्युतीय बस

    काठमाडौं, असार ३२ – काठमाडौंको चक्रपथ क्षेत्रमा आजदेखि १२ वटा विद्युतीय बस सञ्चालनमा आएका छन्।...

    लागुऔषधसहित दमक र ईटहरीका दुई युवा पक्राउ

    रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको रंगेली–४ आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित दुई जना...

    भिजिट भिसामा स्पेन गएर नफर्कनेबारे सरकारको कडाइ : प्रवक्ता गुरुङ

    काठमाडौं, असार ३२ — स्पेन भ्रमणका लागि भिजिट भिसा लिइ यात्रा गरेका नेपाली नागरिक समयमै...