News Portal

न्यायको लडाइँमा मानिस छुट्नु ठूलो कुरा होइन, न्याय पाउनु ठूलो कुरा हो, त्यसैले चौधरीलाई न्याय भएन – रवि

हिमालीसंचार संवाददाता
५८९ पटक

काठमाठौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी भएर रिहा भएका रेशम चौधरीलाई न्याय नभएको प्रतिक्रिया दिएका छन्। उनी भन्छन् ‘न्यायको लडाइँमा मानिस छुट्नु ठूलो कुरा होइन, न्याय पाउनु ठूलो कुरा हो।’

हिजो सांसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले कैद माफी भएर छुट्दा चौधरी घटनामा दोषी प्रमाणित हुन पुगेको बताएका हुन्। उनले तीनै तहका अदालतबाट फैसला हुँदाहुँदै गलत तरिकाबाट चौधरीलाई छुटाइएको उनले बताए।

‘रेशम चौधरीले म निर्दोष छु भनेर दुई दिनअघिसम्म मलाई भनिरहनु भएको थियो। उहाँ निर्दोष हुनुहुन्छ होला भनेर हामी विश्वासमा थियौं। किनकी, हामीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सदनमा आवाज उठाइरहेका थियौं,’ उनले भने, ‘अहिले उहाँ निर्दोष भएर छुट्नु भएन, उहाँको जुन लडाइँ थियो, त्यो लडाइँ उहाँले जित्नु नै भएन। उहाँ त कैद मिनाहा भएर निस्कनु भयो। कैद मिनाहा हुनु भनेको निर्दोष हुनु होइन।’

चौधरी निर्दोष नभइकन छुटेकोले थारू समुदायमाथि नै अन्याय भएको उनले बताए। ‘अत्यन्त गलत प्रक्रियाबाट गरियो, स्वयम् रेशम चौधरीका लागि पनि न्याय भएन, जति पनि थारू हुनुहुन्छ उहाँहरूलाई पनि न्याय भएन। उनले जेलबाट रिहा हुँदा खुसी हुने कुरा स्वाभाविकै मान्न सकिए पनि थारू समुदायको जित भने नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्क थियो । 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...