News Portal

न्यायको लडाइँमा मानिस छुट्नु ठूलो कुरा होइन, न्याय पाउनु ठूलो कुरा हो, त्यसैले चौधरीलाई न्याय भएन – रवि

हिमालीसंचार संवाददाता
५४१ पटक

काठमाठौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी भएर रिहा भएका रेशम चौधरीलाई न्याय नभएको प्रतिक्रिया दिएका छन्। उनी भन्छन् ‘न्यायको लडाइँमा मानिस छुट्नु ठूलो कुरा होइन, न्याय पाउनु ठूलो कुरा हो।’

हिजो सांसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले कैद माफी भएर छुट्दा चौधरी घटनामा दोषी प्रमाणित हुन पुगेको बताएका हुन्। उनले तीनै तहका अदालतबाट फैसला हुँदाहुँदै गलत तरिकाबाट चौधरीलाई छुटाइएको उनले बताए।

‘रेशम चौधरीले म निर्दोष छु भनेर दुई दिनअघिसम्म मलाई भनिरहनु भएको थियो। उहाँ निर्दोष हुनुहुन्छ होला भनेर हामी विश्वासमा थियौं। किनकी, हामीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सदनमा आवाज उठाइरहेका थियौं,’ उनले भने, ‘अहिले उहाँ निर्दोष भएर छुट्नु भएन, उहाँको जुन लडाइँ थियो, त्यो लडाइँ उहाँले जित्नु नै भएन। उहाँ त कैद मिनाहा भएर निस्कनु भयो। कैद मिनाहा हुनु भनेको निर्दोष हुनु होइन।’

चौधरी निर्दोष नभइकन छुटेकोले थारू समुदायमाथि नै अन्याय भएको उनले बताए। ‘अत्यन्त गलत प्रक्रियाबाट गरियो, स्वयम् रेशम चौधरीका लागि पनि न्याय भएन, जति पनि थारू हुनुहुन्छ उहाँहरूलाई पनि न्याय भएन। उनले जेलबाट रिहा हुँदा खुसी हुने कुरा स्वाभाविकै मान्न सकिए पनि थारू समुदायको जित भने नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्क थियो । 

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...