News Portal

भएको सम्पत्ति लिएर छोरीज्वाइँ जापानमा : नेपालमा रहेका रोगी बाबुआमा अलपत्र, सम्पत्ति फिर्ता गर्न आनाकानी

टेकराज थामी
५०४ पटक

लक्ष्मी शाही (जो जाापानमा छिन्)

काठमाडाैं। भएको सम्पत्ति लिएर छोरीज्वाइँ जापान बेपत्ता भएपछि रोगी वृद्धवृद्धा नेपालमा अलपत्र परेका छन्। कैलाली टीकापुर नगरपालिका–८ की ७९ वर्षीया सुर्जा शाह अल्जाइमरबाट पीडित छिन्। उनलाई दुई वर्षदेखि धुम्बराहीस्थित सेकेन्ड इनिङ स्याहार केन्द्रमा राखिएको छ।

होस गुमाएकी उनी न बोल्न सकिछन्, न हिँड्डुल गर्न नै। उनका श्रीमान् ८४ वर्षीय शेरबहादुर शाह पनि बिरामी छन्। उपचारका लागि उनलाई अस्पताल लगिरहनुपर्छ। उनी अहिले काठमाडौंमै कहिले आफन्त, त कहिले कान्छी छोरी अर्चना शाहको शरणमा बस्दै आएका छन्।

अर्चनाका अनुसार आमा सुर्जाको नाममा टीकापुर नगरपालिका–८ र ९ मा रहेको तीन रोपनी जग्गा र घर ११ वर्षअघि जेठी छोरी लक्ष्मी शाही र उनका श्रीमान् कलेन्द्र शाहीले जालसाजीपूर्वक आफ्नो नाममा पारेका थिए। जापान बस्दै आएका उनीहरू त्यसयता नेपाल फर्केका छैनन्।

सुर्जा र शेरबहादुरको उपचारमा २५ लाख रुपैयाँभन्दा धेरै खर्च भइसकेको छ। तर, उनीहरूले न घर जग्गा फिर्ता गरेका छन्, न बुबा–आमाको उपचारमा खर्च नै पठाएका छन्।

भएजति सम्पत्ति लिएर दिदी–भिनाजु जापान बसेपछि बुबाआमाको उपचारमा समस्या आएको अर्चानाले बताइन्। ‘लक्ष्मी मेरी जेठी दिदी हुन्। उनले बुबाआमालाई झुक्याएर भएभरको सम्पत्ति आफ्नो नाममा लिइछिन्। जापान बस्दै आएका उनीहरूले सम्पत्ति फिर्ता गरेका छैनन्। बुबाआमाको उपचार लाखौँ रुपैयाँ सकियो। अहिले पनि उपचारमा प्रत्येक महिना ५० हजार रुपैयाँभन्दा धेरै खर्च भइरहेको छ। तर, दिदीभिनाजुले न सम्पत्ति फिर्ता गरेका छन्, न उपचारमा खर्च नै पठाएका छन्,’ उनले भनिन्।

पैसा अभावका कारण बुबाआमाको उपचारमै समस्या भएपछि अर्चनाले लक्ष्मीविरुद्ध परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं महानगरपालिका, टीकापुर नगरपालिका, महिला आयोगमा उजुरी दिएकी छिन्। तर, समस्या हल हुन नसकेको उनको भनाइ छ। ‘बुबाआमाको सम्पत्ति मात्रै फिर्ता गरे पनि त्यही बेचेर राम्रोसँग उपचार गराउँथ्यौँ। तर, पटकपटक आग्रह गर्दा पनि दिदीले मानेकी छैनन्। उपचारमा लाखौँ रुपैयाँ सकियो। अहिले पनि प्रत्येक महिना ५० हजार रुपैयाँभन्दा धेरै खर्च हुन्छ। तीन वर्ष भयो हामीले आफ्नै खर्चमा उपचार गरेको। केही सीप नलागेपछि हामीले परराष्ट्र मन्त्रालयदेखि स्थानीय तहसम्म उजुरी गर्‍यौँ। तर, समस्या समाधान हुन सकेको छैन,’ उनले भनिन्।

अर्चनाका अनुसार लक्ष्मी र उनकी श्रीमान् कलेन्द्र जापान इवाट प्रदेशस्थित मोरिवकमा बस्दै आएका छन्। उनीहरूले मोरिवकमा रेस्टुरेन्ट चलाउँदै आएका छन्। हडपेको सम्पत्ति फिर्ता नभएपछि लक्ष्मीका भाइ विवेक मोरिवक नै पुगेका थिए। भेटका क्रममा लक्ष्मीले बुबाआमाको सम्पत्ति नेपाल फर्केपछि मात्रै फिर्ता गर्ने बताएकी छिन्। भाइ विवेकसँग भएको रेकर्डेड अडियो संवादमा लक्ष्मीले भनेकी छिन्, ‘बुबाआमाको सम्पत्ति म खादिनँ। फिर्ता गर्छु। मेरो अहिले व्यवहार बिग्रिएको छ। त्यो सल्टिनासाथ नेपाल आउँछु। त्यसलगत्तै सम्पत्ति फिर्ता गर्छु।’

तर, लक्ष्मीले सम्पत्ति फिर्ता गर्ने आश्वासन दिएको वर्षौँ भइसकेको अर्चनाको भनाइ छ। ‘बुबाआमाको सम्पत्ति लिएर हिँडेपछि दिदीभिनाजु भेट्न भाइ विवेक जापान नै पुग्यो। बुबाआमाको अवस्थाबारे जानकारी गरायो। सम्पत्ति फिर्ता गर्न पटक–पटक आग्रह गर्‍यो। कुराकानी हुँदा अहिले नै सम्पत्ति फिर्ता गरिदिने जस्तो गर्छिन्। तर, हालसम्म न सम्पत्ति फिर्ता गरेकी छिन्, न बुबाआमाको उपचारमा खर्च नै पठाएकी छिन्,’ अर्चनाले भनिन्।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ४ उपदफा १ मा ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमदअनुसार पालपोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हो। कानुन उल्लंघन गर्ने छोराछोरीलाई सोही ऐनको दफा २६ को उपदफा १ अनुसार तीन लाख रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ। सोही दफाको उपदफामा ५ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वा हकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नुपर्नेछ’ भनी उल्लेख गरिएको छ।

यदि परिवारबाट अलग गरे वा अवहेलना गरे प्रहरीमा जाहेरी दिन सक्ने पनि सोही ऐनको दफा ५ मा उल्लेख छ। जाहेरीपछि कसुर गर्नेविरुद्ध एक वर्षदेखि पाँच वर्ष कैद र बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनको दफा २६ मा व्यवस्था गरिएको छ। ऐनको दफा २६ को उपदफा २ मा भनिएको छ, ‘हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रका प्रमुख, सञ्चालक, कर्मचारी वा अन्य कुनै व्यक्तिले ज्येष्ठ नागरिकको सम्पत्ति लिने बदनियतले कुनै काम गर्नु गराउनुहुँदैन। कसुर गरेको कसुरको मात्राअनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुनेछ।’

बहिनी अर्चना शाह भन्छिन्— लक्ष्मी मेरी जेठी दिदी हुन्। उनले बुबा–आमालाई झुक्याएर भएभरको सम्पत्ति आफ्नो नाममा लिइछिन्। जापान बस्दै आएका उनीहरूले सम्पत्ति फिर्ता गरेका छैनन्। बुबा–आमाको उपचारमा लाखौँ रुपैयाँ सकियो। अहिले पनि उपचारमा प्रत्येक महिना ५० हजार रुपैयाँभन्दा धेरै खर्च भइरहेको छ। तर, दिदीभिनाजुले न सम्पत्ति फिर्ता गरेका छन्, न उपचारमा खर्च नै पठाएका छन्। नयाँपत्रिकाबाट।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...