रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा राष्ट्रिय स्वतन्त्र पार्टीले टोल समिति विस्तार गरेको छ। नगरमा पहिलो पटक आफ्नो टोल समिति विस्तार गरेको टोल समितिले जनाएको छ।
नेपाली राजनीतिमा पछिल्लो समयमा पुराना पार्टीहरुले देशमा निकास दिनुका साटो राजनीतिलाई व्यवसायिकारण गरिरहेको सन्दर्भमा बैकल्पिक शक्तिको रुपमा रुपान्तरित हुदै अधि बढीरहेको पार्चीले रंगेलीमा पार्टीले टोल समिति गठन गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीले गाउँ-गाँउमा टोल समिति गठन गर्ने कार्यलाई अगाडि बढाउदै गईरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रंगेली नगरपालिकाको वडा नम्बर-३ स्थित ववियाविर्तामा आफ्नो टोल समिति बिस्तार गरेको छ ।
आयोजित कार्यक्रममा ठगेन्द्र न्यौपाने, नेत्र शिवाकोटी, रमेशचन्द्र अधिकारी, रबिन्द्र पाण्डे, दुर्गा प्रसाद रेग्मी लगायत ४० जनाको उपस्थितिमा पार्टीको अध्यक्षमा दिलबहादुर गुरुङ, उपाध्यक्ष इन्दिरा पुरी, सचिव, सरोज पाण्डे, रबिन्द्रकुमार पाण्डे, सदस्य रमेश चौधरी, जीवन थापा, मन वहादुर मगर लागायतको एक बृहत वडा समिति गठन गरेका छन्। रासपाले पहिलो चरणमा ७ सदस्यीय समिति गठन गरेको रासपाका सदस्य दुर्ग प्रसाद रेग्मीले हिमालीसंचारडटकमसंग बताए ।