News Portal

एमालेबाट विद्रोह नै गरेका हौँ : नेता गोइत

हिमालीसंचार संवाददाता
२२५ पटक

जनकपुरधाम। नेकपा एसका नेता तथा मधेश प्रदेशका सांसद रत्नेश्वर लाल गोइतले एमालेबाट आफूहरू विभाजन नभई विद्रोह गरेर निस्केको बताएका छन्।

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै नेता गोइतले विद्रोह एकजनाले मात्र पनि गर्न सक्ने र त्यसको पनि अर्थ हुने बताउँदै नेकपा एसले धेरै कुरा प्रमाणित गरिदिएकाले अझै घमण्ड नगर्न एमालेका नेताहरुलाई आग्रह गरे।

प्रदेशसभा सदस्य गोइतले जीवनभरिको पसिना, मेहनत, जवानी र सम्पूर्ण जीवननै संर्घष गरेको पार्टी कसैले विभाजन गर्न नचाहने बताउँदै आफूहरू विद्रोह गरेको ठोकुवा गरे।

सो अवसरमा उपस्थित संगठनका नेतृत्वकर्ता अगुवाहरूले नेकपा एस सिद्धान्त र उद्देश्यबाट विचलित हुन नहुने भन्दै कर्मचारीहरू अठोटका साथ अघि बढ्न आवश्यक रहेको नेता गोइतले बताए।

उनीहरूले हामी सरकारी कर्मचारीहरूलाई जनताले कसरी हेरेको छ भन्ने कुराको हेक्का राखेर काम गर्न आगवश्यक रहेको पनि बताए। अधिवेशनबाट संगठनको मधेश प्रदेश स्तरीय नयाँ कार्यसमिति चयनसमेत गरेका छन्।

अध्यक्षमा तुलाकृष्ण गोइतलगायत २९ जनाको कार्यसमिति चयन गरिएको हो।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...