News Portal

नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दसहित आन्दोलनका कार्यक्रम फिर्ता

हिमालीसंचार संवाददाता
२९३ पटक

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले पूर्वघोषित नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीलाई टिकापुर घटनामा दोषी मान्दै सर्वोच्च अदालतले जन्मकैदको फैसलालाई सदर गरेपछि पार्टीले आन्दोलनका चरणबद्ध कार्यक्रमहरु घोषणा गरेको थियो ।

पार्टीद्वारा २०७२ को टिकापुर घटनाको अनुसन्धानपछि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै गरेको जेठ ३, ४, ५ गते मसाल जुलुस र ६ गतेदेखि नेपाल बन्दसम्मका कार्यक्रम फिर्ता गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

शुक्रबारको संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने तथा फैजदारी विधेयक संसदमा टेवुल भइसकेकोले टिकापुर घटना लगायतका अन्य राजनीतिक घटनाका बन्दीहरुलाई रिहाइ गर्न कानून संसोधन गर्ने कुरा बताएपछि त्यसलाई सकारात्मक मान्दै पार्टीले पूर्वघोषित बन्दका सबै कार्यक्रम फिर्ता लिएको हो ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...