News Portal

  • प्रवासी नेपाली एकता मञ्च कुवेतले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    हिमालीसंचार संवाददाता
    ४४८ पटक

    कुवेत सिटी। नेकपा एकीकृत समाजबादी पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च कुवेतले आज बिहीबार कुवेतको नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ।

    मञ्चका अध्यक्ष युवराज गैरे नेतृत्वको टोलीले शो ज्ञापनपत्र नेपाली दूतावास कुवेतको कार्यबहाक राजदूत सुजनी रानालाई बुझाएको हो।

    मञ्चले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमाथि सरकारले कार्यवाहीको प्रक्रिया थप अगाडि बढाउन आग्रह गरेको छ।

    हेर्नुहोस् ज्ञापनपत्र:-

    मितिः०४/०२/२०८०

    सम्माननीय प्रधानमन्त्री ज्यू

    प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार काठमाडौं,
    मार्फत:नेपाली राजदूतावास कुवेत ।

    विषय :- ज्ञापनपत्र

    सम्माननीय प्रधानमन्त्री ज्यू

    यतिबेला हाम्रो राष्ट्र राजनैतिक अस्थिरता, बेथिति र गहिरिदो आर्थिक संकटको बीचबाट गुजिदै गरेको छ। समृद्ध राष्ट्र निर्माणको महान उद्देश्यसहित सम्पूर्ण जनसमुदाय, राजनैतिक दलहरु, नागरिक समाज र राज्यसंयन्त्र एकताबद्ध भएर राष्ट्रका सामु उपस्थित चुनौतीहरुको सामना गर्नुपर्ने यो समयमा नक्कली भुटानी शरणार्थी प्रकरण एउटा ज्वलन्त मुद्धाको रुपमा देखा परेको छ । यसलाई सार्थक निष्कर्षमा पुर्याउन हाम्रो तर्फबाट उपयुक्त चासो, खवरदारी र दबाबको भूमिका हुनुपर्ने जिम्मेवारीको बोध गर्दै यो ज्ञापन पत्र प्रस्तुत गरेका छौं ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि सरकारले कार्यवाहीको प्रक्रिया अगाडि बढाएको छ । देशमा सुशासनको अभाव र दण्डहिनताले प्रश्रय पाउदै गरेको स्थितिमा यो काण्डमा गृहमन्त्रालयले तदारुकताका साथ छानबिन र कार्यवाहीलाई अगाडि बढाउनु एउटा सुखद परिघटना हो । अहिले यस काण्डका एक पछि अर्को रहस्य सतहमा आउदैछ। उच्च तहका राजनीतिक र प्रशासनिक अधिकारीहरु यसको घेरमा पर्दै गएका छन् । घटनाको प्रकृतिले यो आर्थिक अनियमितता मात्रै नभएर मानव तस्करी र राज्यविरुद्धको अपराध समेत हो भन्ने देखाएको छ ।

    राज्यका जिम्मेवार उच्चपदस्थहरुवाटै घटित यस काण्डको सत्यतथ्य छानविन र दोषी उपर सख्त कारवाही हुनै पर्छ । छानविनको दायरा बढ्दै जाँदा अनुसन्धानलाई नाजायज प्रभाव पार्ने गरि दौडप भएका कुराहरु बाहिरिएको छ, यसखालका प्रयत्न र प्रवृतिप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । स्वार्थ समूह र शक्तिकेन्द्रहरुवाटै नकारात्मक दबाब हुन सक्ने संभावनाप्रति संशय पैदा भएको छ । भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा प्रभावकारी कानुनी तथा प्रशासनिक कारवाही नहुँदा लोकतन्त्र र न्याय कमजोर हुँदै जान्छ । भ्रष्टाचारको अन्त्य र सुशासन समृद्ध राष्ट्रको अपरिहार्य आवश्यकता हो । तसर्थ कुनै पनि शक्तिले कुनै पनि बहानामा पार्ने कुनै पनि दबाब वा प्रभावबाट अनुसन्धान र कार्यवाही प्रक्रिया कमजोर हुन नजाओस्, अनुसन्धानलाई नकारात्मक प्रभाव पार्न चाहने सम्पूर्ण प्रयत्नलाई निष्प्रभावी तुल्याउदै दोषीलाई कानूनी दायरामा ल्याउन सरकारले सम्पूर्ण सामर्थ्य लगाओस् ।

    विधिको शासन र कानुनको राज स्थापित गर्न सरकार एक कदम अगाडि बढ्नुपर्छ, बिना मोलाहिजा सबै दोषीहरुमाथि कार्यबाही गर्न सरकार दृढतापूर्वक अघि बढोस् भन्ने कुरामा हाम्रो पार्टी जोड दिन्छ । भ्रष्टाचार, अनियमिततासँग सम्बन्धित दविएका र दबाइएका अन्य घटनाहरुमा पनि यसैगरी निष्पक्ष छानविन अगाडि बढाउन समेत हाम्रो हाम्रो प्रवासी संगठन  जोडदार माग गर्दछ ।

    साथै आम जनसमुदाय, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सञ्चार माध्यमहरुलाई समेत यसको अनुसन्धान र कार्यवाही प्रक्रियालाई सर्तकतापूर्वक हेर्न, निष्पक्ष अनुसन्धान र पारदर्शी कानूनी कार्यवाहीका लागि सकारात्मक दबाव सिर्जना गर्न हाम्रो मन्च आह्वान गर्दछ्।

    बोदार्थ :श्रीप्रसाद शाह अध्यक्ष प्रबासी नेपाली एकता मन्च (प्रबास समन्वय कमिटी)

    क.युवराज गैरे
    अध्यक्ष
    प्रवासी नेपाली एकता मञ्च कुवेत।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...